लघुवित्त संस्थाविरुद्ध सल्यानमा महिलाको प्रदर्शन

लघुवित्तका कारण आफूहरु चर्को ब्याजको मारमा परेको भन्दै सल्यानको सदरमुकाम खलंगामा महिलाले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय सल्यानमा दुई घन्टा धर्ना समेत दिएका छन् । लघुवित्तले स्थानीय तथा आर्थिक अवस्था कमजोर भएका महिलाको आयस्तर उकास्नमा सहयोग पुर्‍याउने भनिए पनि उल्टै सामन्ती संस्कार विकास भएको भन्दै नाराबाजी गरेका थिए ।