इजरायल रोजगारी-अनलाइन आवेदन दिन समस्या भयो ? यसरी भर्नुहोस् फारम

वैदेशिक रोजगार विभागले सहायक कामदारको रूपमा इजरायलमा सरकारी तवर बाटै नेपाली श्रमिक पठाउनका लागि मंगलबार आवेदन दिने सूचना जारी गरेको छ । इजरायल रोजगारीको लागि आवेदन दिने चाहनेहरूले सजिलै अनलाइनमार्फत नै आवेदन दिन सक्छन् । तर अनलाइनमार्फत आवेदन दिन विभिन्न समस्या भएको आवेदकले गुनासो गरिरहेका छन् । अनलाइनमार्फत सजिलै कसरी आवेदन दिन सकिन्छ त ? हामीले वैदेशिक रोजगार विभागका सूचना प्रविधि शाखाका निर्देशक श्रीचन्द्र साहलाई सोधेका छौँ ।इजरायल रोजगारीका लागि सजिलै कसरी आवेदन दिने ?इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्...