तनहुँ । तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार बिहान घाँसीकुवामा सडक माथिबाट लेदोसहित पहिरो खसेपछि साेही राजमार्ग अवरुद्ध भएको हाे । त्यस्तै म्याग्देमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । अहिले फेरी दमौलीको मादीनदी पुल नजीक पहिरोसहितको लेदो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज […]