काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुझाएको राजीनामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले स्वीकृत गरेका छन्।सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेशबासीका नाममा सम्बोधन गर्दै उनले दिएको राजीनामा सोमबार साँझै प्रदेश प्रमुखसँग भेटी बुझाएका हुन्।कलौनीले राजीनामा बुझे लगत्तै स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ। शाहीले ३ वर्ष ८ महिना कर्णाली सरकारको नेतृत्व गरी सरकारबाट बाहिरिएका हुन्। अब नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्