थप पेचिलो बन्यो होस्टेलभित्रको शालिन मृत्यु प्रकरण, रिपोर्ट कुर्दै प्रहरी

काठमाडौँ : चितवनको एक स्कुल होस्टेलभित्र भएको बालिकाको मृत्यु प्रकरण थप पेचिलो बन्दै गएको छ। चितवनको रत्ननगरमा रहेको एकता शिशु निकेतनको होस्टेलमा बस्ने १४ वर्षीया बालिका शालिन पोख्रेल गएको शनिवार होस्टेलको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।उक्त घटनामा स्कुल पक्षले आत्महत्या भएको दावी गर्दै आएको छ भने परिवार पक्षले करणीपछि हत्या भएको भन्दै दोषीलाई पक्राउ गरी कारबाहीको माग गरिरहेको छ।उनीहरुले यो घटना अर्को निर्मला पन्त नहोस् भनेर सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न म

सम्बन्धित सामग्री

शालिन मृत्यु प्रकरण : प्रधानाध्यापकसहित ३ जनाविरुद्ध मुद्दा

काठमाडौँ : चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनमा मृत भेटिएकी शालिन पोखरेलको घटनामा प्रधानाध्यापकसहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।जिल्ला सरकारी वकिलको कार्यालय चितवनले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावासका वार्डेन कमलप्रसाद शर्माविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा आज (आइतवार) जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। प्रहरी अनुसन्धानबाट प्राप्त प्रतिवेदनमा बलात्कारपछि हत्या गरिएको प्रमाण नभेटिएपछि शालिनको मृत्युको कारण