ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

जुम्लाको तातोपानी गाउँपालिका -६ का ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ । वडाध्यक्ष विशाल खड्काको पहलमा वडामा रहेका ज्येष्ठ नागरिक र एक महिलालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो । 

सम्बन्धित सामग्री

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

गौशाला नगरपालिका-९ ले वडाका ४४३ जना ज्येष्ठ नागरिक, दलित, अपाङ्ग तथा एकल महिलालाई सिरक वितरणसहित न्यानो सम्मान गरेको वडाध्यक्ष बद्रिप्रसाद सिंह दनुवारले बताउनुभयोे ।

सेनाद्वारा ज्येष्ठ नागरिक तथा बालबालिकालाई कपडा वितरण

जानकी (बाँके), २५ पुस । नेपाली सेनाद्वारा बाँकेका ज्येष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ शान्तिनगरस्थित नीलसागर सेवा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा बालबालिकालाई राँझामा रहेको श्री नं ४ वाहिनी अड्डा इमामनगर ब्यारेकका वाहिनीपति सहायक रथी प्रकाश थापा र श्री बज्रदल गणका गणपति रविन श्रेष्ठको नेतृत्वमा मङ्गलबार कपडा वितरण गरिएको […]

रोटरी क्लब न्यूयोर्कद्वारा बालगृहलाई खाद्यान्न सहयोग

काठमाडौं । बालगृह र ज्येष्ठ नागरिक आश्रममा खाद्यान्न संकट पर्न थालेको छ । बजारमा भएको आर्थिक मन्दिको असर बालगृृह र ज्येष्ठ नागरिक आश्रममा पनि पर्न थालेको हो । संकटमा परेका त्यस्ता, बालगृहलाई रोटरी क्लब न्यूयोर्क क्वीन र रोटरी क्लब महाराजगञ्ले संयुक्त रुपमा खाद्यान्न र आवश्यक न्यानो कपडा वितरण गरेका छन् । पवित्र सेवा समाज टोखा […]

अशक्तलाई न्यानो कपडा वितरण

काठमाडौँ,२० पुष । नेपालगञ्जस्थित वृद्धाश्रममा बस्दै आएका असहाय, अशक्त तथा ज्येष्ठ नागरिकलाई कर्मचारी मिलन केन्द्र बाँकेले चिसोबाट जोगाएको छ । नेपालगञ्जस्थित नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र मानव सेवा आश्रममा रहेका असहाय व्यक्ति चिसोका कारण प्रभावित भएपछि केन्द्रले न्यानो कपडा कम्बल वितरण गरेको मिलन केन्द्रका अध्यक्ष खडानन्द तिवारीले जानकारी दिए । उनका […]

मुसीकोटमा विपन्न परिवारलाई न्यानो कपडा वितरण

रूकुम पश्चिमको मुसीकोट नगरपालिका ६ का दलित र विपन्न परिवरलाई न्यानो कपडा तथा डसना वितरण गरिएको छ । रोटार्‍याक्ट क्लब अफ थेम्स इन्टरनेसनल कलेज काठमाडौंको सहयोगमा न्यानो परियोजनाअन्तर्गत मुसीकोट-६  भण्डारीकाँडाका  ७५ दलित तथा विपन्न घरपरिवारलाई डसना र यहीँका ५ सय जना ज्येष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको क्लबमा अध्यक्ष डेलीसा खड्गीले जानकारी दिइन् ।

न्यानो कपडा वितरण

टीकापुर । कैलालीको जानकी गाउँपालिका–८ ले ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले वडामा रहेका ४७० त्यस्ता व्यक्तिलाई कम्बल वितरण गरेको हो ।      वडा कार्यालयले ३१३ ज्येष्ठ नागरिक, १२६ एकल महिला र ३१ अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरेको थियो । ‘चिसो छेक्न केही सहयोग होस् भनी हामीले ज्येष्ठ नागरिक, अपांगता भएका र एकल महिला बढी समस्यामा हुन्छन् भनी उनीहरूलाई न्यानो लुगा दिएका हौं,’ वडाध्यक्ष डम्बरबहादुर थारुले भने, ‘कतिपय परिवार विपन्न छन् । उनीहरूलाई यो कपडाले धेरै राहत दिन्छ ।’     ‘माघ महिना सकिनै लाग्दा पनि यसवर्ष कैलालीमा चिसो घटेको छैन । निरन्तर वर्षा र शीतलहरका कारण नागरिक समस्यामा छन् । कैलालीमा माघ महिनाभरि राम्ररी घामसमेत लागेको छैन ज्येष्ठ नागरिक तथा बालबालिकालाई चिसो छल्न बढी समस्या भएको छ ।’ स्थानीयवासी सुधा चौधरीले भने, ‘यस्तो कठिन अवस्थामा स्थानीय सरकारले सक्दो सहयोग गर्नु राम्रो हो ।’      वडा कार्यालयबाट न्यानो कपडा पाएपछि भगरैयाकी मन्टुर्नी चौधरी खुसी भएकी छन् । ‘यस वर्ष निकै चिसो भयो, यस्तो चिसोमा वडा कार्यालय र गाउँपालिकाले पनि न्यायो लुगा वितरण गरे’, उनले भनिन्, ‘यसले थोरै भए पनि राहत मिलेको छ ।’ रुन्चे थारुले लुगासमेत किन्न नसक्ने नागरिकलाई पालिकाको सहयोगले सजिलो भएको बताए ।      स्थानीयवासी निर्मला थापाले स्थानीय सरकारले गरेका सहयोगले लुगा नभएका र किन्न नसक्नेलाई बढी लाभ भएको बताइन् । ‘कति मानिसले ओढ्ने सलसमेत किन्न सकेका छैनन्, लुगा नभकाले पराल ओच््छ्याएर सुत्ने गरेका छन’, उनले भनिन्, ‘यो सहयोगले ठूलो राहत भएको छ ।’ चिसो बढेपछि कैलालीको जानकी, जोशीपुर गाउँपालिका, टीकापुर र भजनी नगरपालिकाका विभिन्न वडामा पनि न्यानो लुगा वितरण गरिएका छन् । पालिकाले यसका साथै विभिन्न चोकचोकमा दाउरा वितरणका लागि सामुदायिक वनसँग सहकार्यलगायत कार्यसमेत गरेको छ । जोशीपुर गाउँपालिका– १ का वडाध्यक्ष विधिराम चौधरीले गाउँपालिकाले वडास्तरमा विपन्न तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, कपडा वितरण गर्ने कार्य गरेको बताए ।      ‘हामीले बर्सेनि यस्ता कार्यक्रम गर्दै आएका छौँ, ज्येष्ठ नागरिक त्यसमा पनि विपन्नलाई सहयोग हुन्छ भनी यी कार्यक्रम निरन्तर भइरहेका छन्’, उनले भने, ‘यस्ता कार्यक्रम पालिकास्तरमै हुने गरेका छन् ।’ टीकापुर नगरपालिकाले पनि वडास्तरमा न्यानो लुगा, टर्च, छाताजस्ता सामान ज्येष्ठ नागरिकलाई वितरण गरेको छ । रासस

रौतामाईका १४० जेष्ठ नागरिकलाई सिरक

उदयपुर – उदयपुरको रौतामाई गाउँपालिकाले १४० जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । लैंगिक समानता तथा महिला सशक्तिकरण क्षेत्र अन्तर्गत ज्येष्ठ नागरिक लक्षित बजेटबाट गाउँपालिकाका ८ वटै वडाका ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो । गाउँपालिकाले सिरक दिँदा राहत भएको रौतामाई गाउँपालिका-४ की ७५ वर्षीय बृद्धा गुणबहादुर मगरले बताए । उनी भन्छन्, ‘यति भए […]

चिसो बढेपछि वीरगञ्जका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

पुस १८, वीरगञ्ज । तराईमा शितलहर शुरु भएसँगै वीरगञ्ज महानगरपालिकाले न्यानो कपडा वितरण अभियान शुरु गरेको छ ।  महानगरका प्रमुख विजयकुमार सरावगीले आइतवार वीरगञ्जमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण अभियानको शुरूआत गरेका हुन् ।  महानगरपालिकाका ज्येष्ठ नागरिकहरुलाई चिसोबाट जोगाउनका लागि न्यानो कपडा वितरण थालिएको सरावगीले बताए । महानगरको वडा नम्बर १४ बाट यो अभियानको थालनी गरिएको छ । महानगरपालिकाको जनकल्याणकारी योजनाअन्तर्गत माहानगरका ३२ ओटै वडाका ज्येष्ठ नागरिकहरुलाई प्रत्येक व्यक्ति एक पिस कम्बल, झुल, छाता र टर्च वितरण गरिने उनले जानकारी दिए । करीब ६ हजार व्यक्तिलाई वितरण गरिने महानगरले बताएको छ ।  बढ्दै गएको चिसोबाट महानगरक्षेत्रका कोही पनि ज्येष्ठ नागरिक तथा विपन्न परिवारले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले महानगरपालिकाले न्यानो कपडा वितरण अभियान चलाएको नगर प्रमुख सरावगीले बताए ।

सिमकोटका २५० घरधुरीलाई न्यानो कपडा

सिमकोट– सिमिकोट गाउँपालिका–७ का डाँडाफया गाउँका विपन्न परिवारलाई अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको आर्थिक सहयोग र पोखरास्थित लामा राइजेन ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिको संयोजनमा न्यानो कपडा वितरण गरिएको छ । ठकुरी, क्षेत्री र दलित जातिको बाहुल्यता रहेको उक्त गाउँमा २५० घरधुरी रहेको स्थानीय संयोजनकर्ता समाजसेवी जङ्गसुर शाहीले जानकारी दिए । विपन्न एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता […]