जेठ ३०, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो साधारण सभा सोमवार हुँदैछ ।
कम्पनीले सभा बिहान १० बजे लैनचौरस्थित रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भर्चुअल माध्यमबाट हुने बताएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
सभाले आव २०७६/७७ को लागि लेखापरिक्षणको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले संस्थापक शेयरधनी एक्रश मनी ट्रान्सफर प्रालिकातर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपक शर्मा पोखरेलको स्थानमा बाँकी कार्यकालका लागि संस्थापक शेयरधनी आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट त्यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई कम्पनीको सञ्चालक समितिमा नियुक्ति गरेकोमा सो नियुक्तलाई अनुमोदन गर्नेछ ।
कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । आवश्यक प्रक्रिया पूरा गरेपछि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछ ।