अन्तरिक्षमा चीनको २१ टनको रकेट, पृथ्वीका लागि खतरा!

एजेन्सी। चीनले बिहीबार लन्च गरेको २१ टन वजनको मार्च ५बी रकेट अन्तरिक्षमा अनियन्त्रित भएको विशेषज्ञहरुले बताएका छन्। रकेट कहाँ अवतरण हुन्छ भन्न सकिन्न। यसले खतरा निम्त्याउन सक्ने उनीहरुको टिप्पणी छ। सय फिट लामो यो रकेट चार मिल प्रतिसेकेन्डको रफ्तारमा पृथ्वीतिर ओर्लिरहेको छ। रकेट बेइजिङ, न्युयोर्क, म्याड्रिडलगायत जहाँ पनि खस्न सक्ने आशंका गरिएको छ।