सभामुखलाई प्रश्न- प्रधानन्यायाधीशमाथिको महाभियोग सिफारिस किन अघि बढेन ?

नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउने सांसद हराएका छन् कि संसद्‌मै छन् भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभाले गठन गरेको संसदीय महाभियोग सिफारिस समितिका सदस्यसमेत रहेका पण्डितले महाभियोग सिफारिस किन अगाडि नबढ्नुको कारण र त्यसमा सभामुखको धारणाबारे प्रश्न गरेका छन् ।