काठमाण्डाै – जापानको प्रवेशाज्ञा (भिसा) पाएर पनि कोभिड–१९ सङ्क्रमणका कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जान दिन कुटनीतिक पहल गर्न सरकारलाई अनुरोध गरेका छन् । प्रतिनिधि सभाकाे शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ती र शिक्षा सचिव रामप्रसाद थपलियालाई भेटेर विद्यार्थीले जापानी दूतावाससँग संवादमार्फत समाधान खोज्न अनुरोध गरेका हुन् । विद्यार्थीले आफूहरू स्वास्थ्य मापदण्डको पालना गरेर जान पाउनुपर्ने बताएका छन् । कोभिड–१९ सङ्क्रमण बढिरहँदा जापान सरकारले सन् २०२० अप्रिलमा विद्यार्थीलाई प्रवेश...