प्रधानन्यायाधीशको राजीनामा माग्दै विराटनगरमा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मोरङका कानुन व्यवसायी पनि धर्नामा उत्रिएका छन् । उच्च अदालत विराटनगर बार एशोसिएशन र मोरङ जिल्ला अदालत बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायीहरु धर्नामा उत्रिएका हुन् ।विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरुले उच्च अदालत र जिल्ला अदालतमा एक घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरे ।उनीहरूले बारको कार्यालय अगाडि भेला भएर बिहान ११ बजेदेखि अदालत परिसरभित्