अझै पनि खुला आकाशमुनि पढ्न बाध्य छन् बालबालिका

महेश न्यौपाने रोल्पा-आगलागी भएको लामो समयसम्म भवन पुनर्निर्माण नहुँदा रोल्पाको एक विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्य भएका छन् । रोल्पा नगरपालिका–१ धारपानीमा रहेको कृष्ण आधारभूत विद्यालयका बालबालिका कक्षा कोठा अभावमा खुला आकाशमुनि पढ्न बाध्य भएका हुन ।गत असोजमा भएको आगलागीबाट विद्यालय भवन जलेसँंगै बालबालिका खुला आकाशमुनि बसेर पढ्ने गरेका छन् । कक्षा ५ सम्म […]

सम्बन्धित सामग्री

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट ७०० बढी परिवारले छोडे शिविर

कञ्चनपुर । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापनमा परेका ७०० भन्दा बढी परिवार वासस्थानको खोजीका लागि बस्दै आएको शिविर छाडेर शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा पुगेका छन् । शनिवार साँझ आइपुगेका ती परिवारलाई सुरक्षाकर्मीले गन्तव्यमा जान नदिएपछि खुला आकाश अनिदोमै रात काटेका छन् । शुक्लाफाँटा नगरपालिका–११ स्थित रुखमुनि बालबालिका बोकेर पुगेका विस्थापित परिवारले रात काटेका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडा शिविरमा बस्दै आएका विस्थापित ७७२ परिवार भौंतारिंदै वासस्थानको खोजी गर्दै यहाँ आइपुगेका हुन् । ओढ्ने बिछ्याउने कपडासँगै केही दिनका लागि पुग्ने खाद्य सामग्री बोकेर विस्थापित परिवार यहाँ आइपुगेका छन् । निकुञ्ज क्षेत्रमा बस्दै आएका शिविरमा सुरक्षाको वातावरण नभएपछि बाध्य भएर यहाँ आइपुगेको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले बताए । ‘निकुञ्जबाट छिर्ने हात्तीलगायतका जनावरबाट दुई जनाले ज्यान गुमाए,’ उनले भने, ‘असुरक्षित भएपछि शिविर छाड्न बाध्य भयौँ । मुआब्जाको पनि कुनै प्रक्रिया अघि बढेको छैन । खाने लगाउने अवस्था नै नरहेपछि यहाँ आउन बाध्य भयौँ ।’ उनले बस्दै आएको छाप्रो भत्केमा निकुञ्ज प्रशासनले बनाउन नदिएकाले शिविर छाडेर हिँड्नुपरेको दुःखेसो पोखे ।   आरक्ष विस्तारका क्रममा विस्थापनमा परेपछि विसं २०६४ देखि विभिन्न शिविरमा बस्दै आए पनि सुनवाइ हुन नसकेको उनले गुनासो गरे । आफूहरूले वनजंगल विनाश हुन नदिने उल्लेख गर्दै भण्डारीले सरकारले व्यवस्था नगर्दासम्म आरक्ष विस्थापित परिवारको बसोबासका लागि बेलडाँडीस्थित प्रगति सामुदायिक वन क्षेत्रमा बस्ने बताए । रासस