आरन व्यवसाय सञ्चालन गर्न निःशुल्क तालिम

डाेटी – डोटीको जिल्ला सदरमुकाम सिलगढीमा सात दिने निःशुल्क आरन व्यवसाय तालिम सुरु भएको छ । सात दिनसम्म चल्ने तालिममा डोटीका नौ वटा पालिकाका दुई/दुई जना आरन व्यवसायी र सामाजिक विकास कार्यालय तर्फबाट तीन जना गरी २१ जनाको सहभागिता रहेको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रमअनुसार तालिम दिइएको हो । स्थानीय व्यवसायीलाई प्रवर्धन गरी उद्यमशील जनशक्ति तयार गर्ने उद्देश्यले तालिम दिइएको सामाजिक विकास कार्यालय डोटीका प्रमुख जयदेव महराले बताउनुभयो ।  आरन व्यवसाय तालिमले गरिबी घटाउन सहयोग प...