बढी जोखिममा दुई पाङ्ग्रे सवारीसाधनमा सवार बालबालिका

प्रहरीले दुई पाङ्ग्रे सवारीसाधनमा सवार बालबालिका अत्यन्त जोखिममा रहेको जनाएको छ। तीव्र गतिमा गुडेका दुई पाङ्ग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिकाहरु दुर्घटनाको शिकार हुने...

सम्बन्धित सामग्री

‘दुई पाङ्ग्रे सवारीसाधनमा सवार बालबालिका जोखिममा’

काठमाडौँ – प्रहरीले दुई पाङग्रे सवारीसाधनमा सवार बालबालिका अत्यन्त जोखिममा रहेको जनाएको छ। तीव्र गतिमा गुडेका दुई पाङग्रे सवारी साधन अनियन्त्रित भइ दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिकाहरु दुर्घटनाको शिकार हुने क्रम बढ्दो रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। त्यसैले ट्राफिक प्रहरीले सुरक्षित तवरले बालबालिका राखेर दुई पाङ्ग्रे सवारी साधन नचलाउन सर्वसाधारणमा […]

दुई पाङग्रे सवारीसाधनमा सवार बालबालिका जोखिममा

प्रहरीले दुई पाङग्रे सवारीसाधनमा सवार बालबालिका अत्यन्त जोखिममा रहेको जनाएको छ । तीव्र गतिमा गुडेका दुई पाङग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिकाहरु दुर्घटनाको शिकार हुने क्रम बढ्दो रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यसैले ट्राफिक प्रहरीले सुरक्षित तवरले बालबालिका राखेर दुई पाङ्ग्रे सवारी साधन नचलाउन सर्वसाधारणमा …

दुई पाङ्ग्रे सवारीसाधनमा सवार बालबालिका जोखिममा

काठमाडौँ– प्रहरीले दुई पाङ्ग्रे सवारीसाधनमा सवार बालबालिका अत्यन्त जोखिममा रहेको जनाएको छ । तीव्र गतिमा गुडेका दुई पाङ्ग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिकाहरू दुर्घटनाको शिकार हुने क्रम बढ्दो रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  त्यसैले ट्राफिक प्रहरीले सुरक्षित तवरले बालबालिका राखेर दुई पाङ्ग्रे सवारी साधन नचलाउन […]

भारतमा प्लान्ट लगाउन कर छूट नपाएपछि आयातीत कार नै बेच्ने तयारीमा टेस्ला

पुस ३०, काठमाडौं। अमेरिकी इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले भारतमा टेस्लाको प्लान्ट लगाउन चुनौतीको सामना गर्नु परेको छ । टेस्लाका संस्थापक एलन मस्कका अनुसार भारतमा कार उत्पादन ल्याउन सरकारी स्तरमै धेरै चुनौतीको सामना गर्नु परिरहेको बताएका छन् । प्लान्ट लगाउन मागेको कर छुटमा कुरा नमिलेपछि उनले भारतीय अटो बजारमा टेस्लाका तीन ओटा मोडल ल्याउने तयारि गरिरहेका छन् । अमेरिकामा बनेका कार भारतीय बजारमा ल्याउन पनि आयात शुल्कमा छुट दिनसपर्ने मस्कको माग छ । जानकारहरुका अनुसार मस्कले सरकारसँग कर छूटको लागि मोलमोलाई गरिरहेका छन्, जसमा तत्काल सफलता मिल्ने सम्भावना भने देखिदैन । मस्कले एक वर्षअघि नै भारतको बैंगलोरमा ‘टेस्ला इण्डिया मोटर्स इण्ड इनर्जी प्राली’ नामको कम्पनी दर्ता गरेर भारतबाटै कार उत्पादन गर्ने योजना सार्वजनिक गरेका थिए । अहिले कम्पनीले ३ ओटा मोडलका विद्युतीय कार ल्याएर बेच्ने योजना अघि सारेको भारतीय सञ्चार माध्यमले बताएका छन् । भारतीय अटो बजारमा टेस्लालाई चुनौती टेस्लाले भारतमा कार उत्पादन गर्नुको सट्टा आयातीत कार बेच्न चाहेको धेरै मञ्चहरुमा बताउँदै आएको छ । त्यसका लागि पनि टेस्लाले भारत सरकाले आयात शुल्क घटाओस भन्ने चाहेको छ ।  तर सरकारी अधिकारीहरुले भने टेस्लाले पहिला भारतमा आएर कार उत्पादन शुरु गर्नुपर्ने र त्यसपछि सरकारले कुन कुन कुरामा छुट दिने भन्ने विचार गर्न सकिने बताएका छन् । सरकारी स्रोतका अनुसार टेस्लालाई मात्रै छुट दिएर पुरै उद्योगमा गलत सन्देश दिन सरकारले चाहेको छैन । किनकी भारतमा अहिले विद्युतीय सवारी साधन उत्पादन गरिरहेका धेरै कम्पनीहरुले अर्बौ डलर लगानी गरिसकेका छन् । टेस्लालाई मात्रै कर छुट दिएर उनीहरुको लगानीलाई सरकारले जोखिममा पार्न नचाहेको स्पष्ट छ । भारतीय अटो बजारका विज्ञका अनुसार भारतको विद्युतीय अटो बजारमा  प्रतिस्पर्धा गर्न टेस्लालाई त्यति सजिलो पनि छैन । यहाँ टाटा वा महिन्द्र जस्ता कम्पनीका साथै मारुती,  हुण्डाई, एमजी, मर्सिडीज, ओडी जस्ता कम्पनीले पहिलेदेखि नै बजारमा पकड जमाएका छन् । यस्तोमा एक वा दुई मोडलका मात्रै कार बेच्न टेस्लाको लागि भारतीय बजार धेरै चुनौतीपूर्ण रहेको उनीहरुको भनाई छ । ८ वर्षभित्र विद्युतीय सवारीको हिस्सा ७० % सम्म पुर्‍याउने सरकारले भारतमा सन २०३० सम्म निजी सवारी साधनमा ३० प्रतिशत, सार्वजनिक सवारी साधनमा ४० प्रतिशत र दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधनमा ७० प्रतिशतसम्म विद्युतीय सवारी साधनको हिस्सा पुर्‍याउने घोषणा गरिसकेको छ । यसबाट तेलको आयातामा विदेशीने पैसा जोगिने र विदेशी मुद्रा सञ्चिती बढ्ने सरकारले विश्वास लिएको छ ।   भारतमा विद्युतीय सवारी साधनको बजार तीब्र गतिमा विस्तार भइरहेको छ । मोरडोर इन्टेलिजेन्सको एक रिपोर्ट अनुसार भारतमा विद्युतीय सवारी साधनको बजार सन २०२६ सम्ममा ४७ अर्ब अमेरिकी डलरको पुग्ने अनुमान गरिएको छ । रिपोर्टमा भनिएको छ ‘कोरोना संकट हँदा पनि भारत सरकारको नीतिका कारण विद्युतीय सवारी साधनको बजार सोचेभन्दा बढि वृद्धि भएको छ ।’ (एजेन्सीको सहयोगमा)