हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ। सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले सम्पदा क्षेत्रभित्र सवारीसाधन निषेध गरेको हो। महानगरपालिकाले न्यूरोडको शालिक गेटदेखि वसन्तपुर क्षेत्र सबैमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौँका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए। उनले सोमबारबाट नै सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गरिएको र बुधबार मेयर बालेन्द्र साह र सम्पदा […]

सम्बन्धित सामग्री

हनुमानढोका परिसर नो भेइकल जोन: सेना, प्रहरीका साधनमा समेत रोक लगाइने

काठमाडौं। काठमाडौंको प्रमुख पर्यटकीय स्थान हनुमानढोका परिसर पूर्ण रुपमा नो भेइकल जोन भएको छ ।  काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । प्राचीन सम्पदाको मौलिकता र सौन्दर्यतालाई जोगाउनका लागि महानगरले वसन्तपुरको हनुमानढोका परिसरसभित्र सवारी साधन प्रवेशमा रोक लगाएको हो । हनुमानढोकामा रहेका पुरातत्व हेरचाह अड्डा, नेपाल प्रहरी, नेपाली सेना र अन्य सरोकारवाला निकायको सवारीसाधनको प्रवेशमा पनि रोक लगाइने महानगरपालिकाका सम्पदा सल्लाहकार यादवलाल कायस्थले बताएका छन् । नो -भेइकल जोन सर्वसाधरणको लागि मात्रै होईन, हनुमानढोकामा रहेका पुरातत्व हेरचाह अड्डा, नेपाल प्रहरी, नेपाली सेना र अन्य सरोकारवाला निकायको सवारीसाधनको प्रवेशमा पनि रोक लगाइने छ,' उनले भने । महानगरका मेयर बालेन्द्र शाह 'बालेन'ले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले  मौलिकता जोगाउन आवश्यक भएको बताए । ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्’, उनले फेसबुकमा लेखेका छन्, ‘अनुभव गर्न र रमाउन लाखौँ पर्यटक आउन सक्छन् ।’ मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्लेख गर्दै हनुमानढोका परिसरभित्र गाडी निषेध गरिएको मेयर शाहले बताए । सम्पूर्ण गाडीहरु, एम्बुलेन्स, दमकल र पानीको गाडी बाहेक अरु सबै सवारी साधनलाई सोमवार देखि नै बन्द गरिसकिएको छ । सम्पदा क्षेत्रमा जानेहरुका लागि न्युरोड, विशाल बजार र अन्य बाहिरी क्षेत्रमा पार्किङ गर्नुपर्ने महानगरीय प्रहरी बल काठमाडौंका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए । तस्वीरहरु : सुनिल शर्मा / आर्थिक अभियान

हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले सम्पदा क्षेत्रभित्र सवारीसाधन निषेध गरेको हो । महानगरपालिकाले न्युरोडको शालिक गेटदेखि वसन्तपुर क्षेत्र सबैमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौंका हनुमान ढोका इन्चार्ज ध्रु...

हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले सम्पदा क्षेत्रभित्र सवारीसाधन निषेध गरेको हो । महानगरपालिकाले न्युरोडको शालिक गेटदेखि वसन्तपुर क्षेत्र सबैमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौंका हनुमान ढोका इन्चार्ज ध्रु...