भारत–चीन बल्झिँदो तनावः के एसियाका दुई महारथीबीच युद्ध हुन लागेको हो ?

बेइजिङ र नयाँ दिल्लीबीचको तनाव पुनः चर्किएको छ । अमेरिकाले चीनका विरुद्ध संसारभरि भूराजनीतिक द्वन्द्व सिर्जना गराइरहेको सन्दर्भमा यो तनाव चर्केको हो ।  भारत र चीनबीचको तनावले ५९ वर्षअघिको जस्तो सीमायुद्ध चर्काउला त ? लक्षणहरू निको देखिँदैनन् ।  यसै साता भारत र चीनका कोर्प्स कमान्डर तहका सैन्य अधिकृतहरूको १३औं चरणको बैठक चुशुल–मोल्दोमा सम्पन्न भयो । तनाव घटाउनका लागि संवाद गरिएको भए पनि दुवै पक्षले एकअर्काविरुद्ध कडा बयान दिए, सैन्य गतिविधि बढाए र सीमातनाव समाधानमा प्रगति नभएकोमा अर्को पक्षलाई दोष थुप...