कायममुकायम प्रधानन्यायाधीश कार्की आज बिदा हुँदै, अव नेतृत्वमा को ?

काठमाडौँ । सर्वोच्च अदालतले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आज बिदाइ गर्न लागेको छ।  असोज १७ गतेदेखि ६५ वर्षको उमेर हदका कारण कायम मुकायम प्रधानन्यायाधीश कार्कीले अवकाश पाउँदै छन्।  भोलिदेखि दसैँ बिदा सुरु हुने भएकाले आजै कामु कार्कीलाई औपचारिक बिदाइ गर्न लागेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।  कार्कीले अवकासको एक महिना अघिदेखि मुद्दा हेरेका छैनन्। […]