निलम्बित अवस्थामै प्रधान न्यायाधीश राणाको अवकाश : महाभियोग प्रस्ताव नयाँ संसदले अघि बढाउँछ ?

तत्कालीन विपक्षी गठबन्धनको माग अनुसार संसद पुनःस्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्नुभएका तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सत्ता गठबन्धनले नै महाभियोग लगायो । महाभियोग प्रस्ताव दर्ता गरिएको लामो समयपछि बयान सुरु गरे पनि त्यसको टुंगो नलाग्दै निर्वाचनको घोषणा भयो र संसद विघटन भयो । उहाँमाथिको महाभियोग संसदको अवधि सकिएसंगै निस्क्रिय …

सम्बन्धित सामग्री

‘महाभियोग प्रस्ताव नयाँ संसदमा जाँदैन’

काठमाडौं, पुस ४ । । महाभियोगको प्रस्ताव नयाँ संसदमा जाने संवैधानिक, कानुनी र परम्परागत आधार नभएको जिकिरसहित सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले सर्वोच्च अदालतलाई जवाफ पठाएका छन्। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी हुने प्रस्ताव कार्यान्वयन रोक्न माग गर्दै दायर रिटमा महासचिव गौतमले आइतबार महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ पठाएका हुन्। लिखित जवाफमा नयाँ संसदमा […]

नेपालको संसदीय इतिहासमा हालसम्म ६ वटा महाभियोग प्रस्ताव

महाभियोगको इतिहास   नेपालको संसदीय इतिहासमा हालसम्म ६ वटा महाभियोग प्रस्ताव संसदमा आएका छन् । जसमा दुईवटा प्रस्ताव सभामुखद्वारा खारेज, दुईवटा फिर्ता लिएको, एउटा सर्वाेच्च अदालतको आदेशबाट स्वतः पदमुक्त भएका छन् । यी सबै तीन...

महाभियोग प्रस्ताव अघि बढाउन एमालेको दबाब

प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव संसद्मा अघि बढाउन प्रमुख प्रतिपक्ष एमालेले दबाब बढाएको छ । बुधबार प्रतिनिधिसभाको शून्य समयमा एमाले सांसद खगराज अधिकारीले महाभियोग प्रस्तावको प्रक्रिया अघि नबढेकोमा आपत्ति जनाए । यसअघि...

प्रधानन्यायाधीश विरुद्धकाे महाभियोग प्रस्ताव तुरुन्तै अघि बढाइयोस् : एमाले

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संसद्‌मा तत्काल अगाडि बढाउन माग गरेको छ। बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खगराज अधिकारीले महाभियोग प्रस्ताव किन? रोकेको भन्दै सरकारलाई प्रश्न गरेको हुन्। उनले भने, ‘महाभियोग प्रस्ताव असरल्ल पार्न ल्याइएको कि फैसला गर्न ल्याइएको तुरुन्त अगाडि बढाइयोस्।’ निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध पाँच दलीय गठबन्धनको तर्फबाट संसदमा महाभियोग दर्ता

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव गिजोलेर नराख्न माग गरेको छ ।  मंगलबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव प्रकृयासंगत ढंगले अघि बढाउन माग गरेका हुन् । समितिको बैठकमा एमाले सांसदहरु खगराज अधिकारी, शान्ता चौधरी, शेरबहादुर तामाङ र कृष्णभक्त पोखरेलले महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाउन माग गरेका हुन् ।&

जबराविरुद्धको महाभियोग प्रस्ताव संसद बैठकमा पेस

निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव संसद बैठकमा पेस भएको छ। आइतबारको बैठकमा प्रस्तावकमध्येका एक देव गुरुङले प्रस्ताव बैठकमा पेस गरेका हुन्।  ...

ओली भन्छन्– राजीनामा नदिए सभामुखविरुद्ध एमालेले महाभियोग प्रस्ताव ल्याउँछ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउने बताएका छन्। मंगलबार पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। ‘हामी सभामुखविरुद्ध महाअभियोग ल्याउन पनि सक्छौँ, नल्याउन पनि सक्छौं...

जबराविरुद्धको महाभियोग प्रस्ताव पारित गर्न सांसदहरुलाई बारको आग्रह

नेपाल बार एशोशिएशनले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गर्न राजनीतिक दल तथा सांसदहरुलाई आग्रह गरेको छ । आइतबार बारले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह...

प्रधानन्यायाधीशविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरूले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।...

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । काँग्रेसको एक नेताले महाभियोग प्रस्ताव दर्ता भएको रातोपाटीलाई बताए । काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदको हस्ताक्षर सहित प्रधानन्यायाधीशविरुद्ध आइतबार बिहान संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो । प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेको आरोप महाभियोग प्रस्तावमा जिकिर गरिएको छ । प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै नेपा