अदालतको फैसलालाई मानेर अगाडी जाऔंः दिननाथ शर्मा

काठमाडौं। नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य दिननाथ शर्माले अदालतको फैसला मान्नुपर्ने बताएका छन्। उनले आज राष्ट्रिय सभाको नवौँ अधिवेशनमा बोल्दै सर्वोच्च अदालतले संविधानको राम्रोसँग व्याख्या गरेको बताए। संविधान निर्माण हुँदा छुटेका विषयहरूलाई अदालतले ठाउँमा ल्याएको उनले बताए। नेपालको संविधानलाई बेलायती मोडेलको व्यवस्था भनिए पनि सर्वोच्चले यसलाई आफ्नै व्यवस्था भनेर व्याख्या गरेकाले यो दस्ताबेजलाई सबैले आत्मसात् गरेर जानुपर्ने उनले बताए।