काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आज घटस्थापनासँगै सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ११ बजेर ४७ मिनेटलाई घटस्थापनाको उत्तम साइत तोकेको छ । समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा प्रतिपदा परेका दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजकै दिन घटस्थापना गर्ने निर्णय गरिएको हो । घटस्थापनाका दिन घरघरमा विधिपूर्वक […]
२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन्।
प्राप्त पछिल्लो मतगणना विवरणअनुसार उपसभापति …
मेष : समय उत्तम फलदायक छ । द्रव्य लाभ, खेल–परीक्षा आदिमा सफलता हुने सम्भावना छ । वृष : समय अनुकूल छ । सन्तान–सुख, धन प्राप्ति, प्रतिस्पर्धात्मक कार्यमा सफलता होला । मिथुन : बिहान समस्या आउन सक्छ । त्यसपछि कार्य सिद्धि, सन्तानसुख, आर्थिक लाभ होला । कर्कट : बिहान लाभ हुन सक्छ । त्यसपछि भने अपच, […]
'छोरीले बुबा, यता निधार थाप, म यहीँ मोबाइलबाटै टीका लगाइदिन्छु भनिन्।
हाँसीमजाक नै भइरहेको थियो। आमा नजिकै बसेर रून थाल्नुभयो। मलाई पनि सम्हालिन एकदमै गाह्रो भयो।
यहाँ काम गरून्जेल दसैंमा बिदा मिल्नेवाला छैन।
भिसा सकिएपछि मात्रै परिवारसँगै भएर दसैं मनाउनेछु।'
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ।