महिलालाई उद्यमी बनाउन तालिम

पाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा रेसुङ्गा नगरपालिकाको आयोजनामा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने लेडिज ब्याग बनाउने र ७ दिने तरकारी खेती सम्बन्धी तालिम दिइएको हो ।

सम्बन्धित सामग्री

महिलालाई उद्यमी बनाउन शीपमूलक तालीम

चितवन। पूर्वी चितवनको रत्ननगरमा महिलालाई उद्यमी बनाउन शीपमूलक तालीम दिइएको छ । गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)अन्तर्गत ब्यूटीपार्लर र सिलाइकटाइको एड्भान्स तालीम सञ्चालन गरिएको हो । गत बिहीवारदेखि सञ्चालित तालीमको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटाले गरेका थिए । सो अवसरमा उनले ब्यूटीपार्लर र सिलाइकटाइ तालीम पूरा गरेका महिलालाई व्यवसाय सञ्चालनका लागि ‘मेयरसँग उद्यमशीलता’ कार्यक्रमअन्तर्गत विनाब्याज ३ लाख रुपैयाँ ऋण प्रदान गर्न सकिने बताए । नगरको गरीबी निवारणका लागि मेड्पा कार्यक्रमको बजेट घटेर आएपछि नगरपालिकाले बजेट थप गरी शीपमूलक तालीम शुरू गरेको हो । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले सन् २०३० सम्ममा गरीबी न्यूनीकरण गर्ने सरकारको लक्ष्य पूरा गर्न लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिएको बताए । तीनमहीने ब्यूटिपार्लरको एड्भान्स तालीममा वडा नं ३, ९ र १५ का २२ जना र सिलाइकटाइ तथा डिजाइनिङ तालीममा सोही वडाका १८ जनाको सहभागिता रहेको मेडपा कार्यक्रम संयोजक रामप्रसाद बस्ताकोटीले जानकारी दिए । गतवर्ष आधारभूत तालीम लिएका महिलाका लागि एड्भान्स तालीम दिइएको हो ।

ग्रामीण महिलालाई उद्यमी बनाउन संघ गठन

ग्रामीण क्षेत्रका महिलाहरुलाई आर्थिकरूपमा सशक्त बनाउन तथा उद्यमतर्फ आकर्शीत बनाउन महिला उद्यमी महासंघ नेपालले जुम्लामा आफ्नो संघ गठन गरेको छ।...

महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तालिम

गोरखा, २६ जेठ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तालिम प्रदान गरेको छ । गाउँपालिकाले स्थानीय स्रोत र साधनको उपयोग गरी महिलालाई उद्यमी बनाउँदै आर्थिक आयआर्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले मुढा बुन्ने तालिम प्रदान गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । गरिबी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम (मेड्पा)अन्तर्गत प्राविधिक सीप विकास तालिममार्फत […]

उद्यमी बनाउन महिलालाई तालिम

दाङमा महिलालाई जुत्ता बनाउने तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजनामा महिलालाई छाला जन्य वस्तु उत्पादन तथा बजारीकरण प्रविधि सहयोग सम्बन्धी ४५ दिने तालिम प्रदान गरिएको छ । महिलालाई आत्मनिर्भर बनाउन तालिम प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत बिक्रम केसीले जानकारी दिए । सीपको सदुपयोग गरेर अगाडि बढेमा […]

चापागाँउमा महिलालाई उद्यमी तालिम

चापागाउँ- महिलालाई उद्यमी बनाउन ललितपुरको चापागाँउमा तालिम सुरु गरिएको छ । गोदावरी नगरपालिकाको सहयोगमा गोदावरी उद्योग वाणिज्य संघले आयोजना गरेको तालिममा २८ महिला सहभागी छन् । उपमेयर मुना अधिकारीले शुभारम्भ गरेकी तालिम २ चैतसम्म सञ्चालन हुनेछ । उपमेयर अधिकारीले महिला उद्योगपति भएको हेर्न चाहेको बताइन् । प्रमुख प्रशिक्षक विश्वनाथ घिमिरेले उद्देश्य महिलालाई उद्यमी बनाई छाड्ने […]

महिला उद्यमी संघ चितवन अध्यक्षमा शर्मा

चितवन (अस) । महिला उद्यमी संघ नेपाल चितवनको अध्यक्षमा राजकुमारी शर्मा चयन भएकी छन् । संघको छैटौं साधारणसभा तथा दोस्रो अधिवेशनबाट शर्मा सर्वसम्मत निर्वाचित भएकी हुन् । संघले ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा श्वेता उपाध्याय, द्वितीय उपाध्यक्षमा बिनु लामा श्रेष्ठ, तृतीय उपाध्यक्षमा आरती प्रधान चयन भएका छन् । यस्तै, सचिवमा सरस्वती सिग्देल र कोषाध्यक्षमा तारा रसाइली चयन भएका छन् । सदस्यमा तीर्थना उप्रेती, बिना तिवारी, डा. पूजा कोइराला, नितु गुरुङ र सल्लाहकारमा कल्पना राजभण्डारी चयन भएका हुन्  ।  नवनिर्वाचित अध्यक्ष शर्माले विगतका बाँकी रहेका कामलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आफ्नो कार्यकालमा  महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम, चेतनामुलक कार्यक्रमलाई अगाडि बढाई उद्यममा आकर्षण गर्ने योजना ल्याइने उनले जानकारी दिइन् ।

महिलालाई उद्यमसँग नजोडेसम्म अर्थतन्त्रले गति लिदैन  :  अध्यक्ष  गोल्छा

भदौ २१, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महिलालाई उद्यमसँग नजोडेसम्म मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताएका छन् ।            नेपाल महिला उद्यमी महासंघले  गत भदौ १७ गतेदेखि शुरु गरेको ‘पाँचौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०७८’को समापनमा उनले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन महिलालाई उद्यमसँग जोड्नुपर्ने बताएका हुन् ।            ‘मेलाले महिला उद्यमीलाई क्षमतावान बनाउँदै अनलाइनमार्फत उत्पादित वस्तु विक्री वितरण गर्नु राम्रो कुरा हो, यसले मुलुकको अर्थतन्त्रलाई चलायनमान बनाउन सहयोग पुगेको छ’, उनले भने ।             अझै पनि ९० प्रतिशत महिला घरयासी काममै रहेको उनको भनाइ थियो । उनले अहिले मुलुकमा महिलाको स्वामित्वमा रहेका संस्थाको संख्या २ लाख ५० हजार पुगेको भन्दै यसले महिलालाई आर्थिक रूपमा सशक्त बनाउँदै लैजाने बताए।             व्यापार निकासी प्रवर्द्धन बोर्डका निमित्त कार्यकारी निर्देशक सुयस खनालले कोरोना महामारीका बीचमा गरिएको महिला उद्यम मेलाले आगामी दिनमा हुने भर्चुअल मेलालाई सहयोग पुग्ने बताए । उनले बोर्डले नेपालका उद्यमीको जानकारी दिने उद्देश्यले ‘ट्रेड पोर्टल’ सञ्चालनमा ल्याएको भन्दै यसमा जोडिन सम्पूर्ण महिला उद्यमीलाई आग्रहसमेत गरे । आगामी दिनमा महासंघसँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।             महासंघकी अध्यक्ष रिता सिंहले पाँच दिनसम्म चलेको मेलामा १ लाखभन्दा बढीले मेलाको अवलोकन गरेको जानकारी दिइन् । कोरोना महामारीका बीच गरिएको भर्चुअल मेलामा उल्लेख्य जनसहभागिता जुटेको उनको भनाइ थियो ।             महासंघकी प्रथम उपाध्यक्ष एवं मेला संयोजक निरु रायमाझी खत्रीले मेलाले नेपाली उत्पादित वस्तुलाई अन्तरराष्ट्रियस्तरसम्म जोड्न सहयोग पुगेको बताइन्। महासंघकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले मेलामा उपत्यकाभित्र र काभ्रेबाट माग भएका सामग्रीलाई महासंघले डेलिभरी प्रदान गरेको बताइन् । उक्त मेलामा विभिन्न उत्पादित वस्तुको ८२ ओटा प्रदर्शनी कक्ष राखिएको थियो ।             महासंघकी महासचिव सुनिता वैद्य श्रेष्ठले मेलामा हस्तकला, रेशाजन्य, फेल्ट, कागजजन्यलगायत वस्तुहरू प्रदर्शनमा राखिएको बताइन् । हाल देशभर ५७ ओटा जिल्लामा महिला उद्यमी संघ गठन भए पनि पाँचौं मेलामा भने २४ ओटा जिल्लाका महिला उद्यमी संघको सहभागिता रहेको थियो ।             उक्त मेलामा जिल्लातर्फ महिला उद्यमी संघ गोरखा प्रथम, महिला उद्यमी संघ सङ्खुवासभा द्वितीय र महिला उद्यमी संघ बाँके तृतीय भएका छन् । रासस

उद्यमी बनाउन सीपसंँगै उपकरण सहयोग

बेनी नगरपालिकाले गरिबी निवारणका लागि आयोजित तालिमबाट सीप सिकेका महिलालाई उपकरण हस्तान्तरण गरेको छ । नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत तालिममा सहभागीलाई सीपसँंगै उद्यमी बनाउन प्रविधिमैत्री मेसिन हस्तान्तरण गरेको हो ।मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको उपस्थितिमा सीप सिकेका ५५ जनालाई व्यावसायिक बनाउन प्रविधिमैत्री कपडा सिलाउने […]

१० लाख भारतीय ग्रामिण महिलालाई गुगलले उद्यमी बनाउन सहयोग गर्ने

नयाँ दिल्ली। इन्टरनेट जायन्ट गुगल इन्कले भारतका १० लाख ग्रामीण महिलालाई उद्यमी बनाउन सहयोग गर्ने जनाएको छ। उनीहरूको आकांक्षालाई सम्बोधन गर्दै जीविका सुधार गर्न सहयोग पुर्‍याउन गुगलले जनाएको हो। अन्तर्राष्ट्रिय महिला दिवसमा गुगलले 'महिला विल' वेब प्लेटफर्मको माध्यमबाट भारतका महिला उद्यमी बनाउन सहयोग गर्ने बताएको हो।

महिलालाई उद्यमी बनाउँदै सहकारी

महिलाहरूको आर्थिक पहुँचमा वृद्धि गरी विकासको मूलधारमा ल्याउने लक्ष्यसहित २०६५ सालमा गठन गरिएको जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले महिलाहरूको आकांक्षा पूरा गरेको छ । महिलाहरूबाटै थोरैथोरै पुँजी संकलन गरेर महिलाहरूलाई उद्यमी र व्यवसायी बनाउन पुँजी परिचालन गरिएको अध्यक्ष सीता दुवाडीले बताइन् ।