एमाले सांसदको प्रश्न– प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग किन लगाइएको हो ?

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग किन लगाएको भन्दै प्रश्न उठाएका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद अधिकारीले फागुन १ देखि दर्ता गरिएको महाभियोग प्रस्तावमा किन अघि बढेन भन्दै प्रश्न उठाएका हुन् ।  “प्रधानन्यायाधीश चोलेन्द्रसमशेर विरुद्धको महाभियोग प्रस्ताव संसद्मा असरल्ल छोड्न ल्याइएको हो कि फैसला गर्न...

सम्बन्धित सामग्री

महाअभियोग समितिको प्रतिवेदनमा एमालेले राखेको फरक मतमा के छ ?

१ असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग सिफारिस समितिले बहुमतका आधारमा महाअभियोग लगाउन सिफारिस गर्दा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले फरक मत राखे । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ६ जना सांसद महाअभियोग लगाउन सहमत हुँदा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका ५ […]

जबराविरुद्ध महाअभियोग : यस्तो छ प्रतिवेदनमा एमाले र लोसपाको फरक मत (पूर्णपाठ)

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको प्रतिवेदनमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट फरक मत राखिएको छ । एमाले र लोसपाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले फरक मत राखेका हुन् । आफूहरूले आठबुँदे फरक मत राखेको एमाले उपाध्यक्ष समेत रहेका समिति सदस्य विष्णु पौडेलले जानकारी दिए । समितिले शनिबार...

‘हचुवाको भरमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याइयो’

नेकपा (एमाले) की सांसद निरुदेवी पालले सत्तापक्षले हचुवाको भरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव लगाएको बताएकी छन् ।  आइतवारको प्रतिनिधिसभा बैठकमा महाअभियोगको प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सांसद पालले सत्तापक्षले आफूहरुसँग महाअभियोग पारित गर्न दुई तिहाई छैन भन्ने थाहा हुँदाहुँदै प्रस्ताव ल्याएको बताइन् । उनले हालसम्म महाअभियोगको प्रस्ताव किनारा नलगाउनुको कारण जनतालाई जानकारी गराउन माग गरिन् ।  नेकपा (माओवादी केन्द्र) की सांसद चाँदतारा कुमारीले न्यायपालिकाक

एमसीसी पास गर्न र स्थानीय निर्वाचन सार्न महाअभियोगको षड्यन्त्र: एमाले

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसीसी पास गर्ने, अदालतलाई अस्थिर बनाउने र स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्रका साथ सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको बताएका छन्। सोमबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। बैठकमा भीम रावल, घनश्याम भुसाललगायतका नेताहरुले प्रधानन्यायाधीश जबरालाई बोकेर हिँड्न […]

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारूढ गठबन्धनका सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । संसद् सचिवालयमा आइतवार दर्ता गराएको महाअभियोग प्रस्तावमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदको हस्ताक्षर छ । नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ प्रस्तावक रहेका छन् । संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव भएको, खराब आचरण भएको, इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्य पालना नगरेको र आचारसंहिताको गम्भीर उल्लंघन गरेकोलगायत २१ आरोप जबरामाथि लगाइएको छ । संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बित भएका छन् । आइतवार नै पत्र बुझेर सर्वोच्चबाट जबरा बाहिरिएका थिए । अब संसद्बाट महाअभियोग प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकाज गर्न पाउने छैनन् । संविधानको धारा १०१ मा महाअभियोगसम्बन्धी व्यवस्था गरिएको छ । प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने व्यवस्था गरिएको धारा १०१ को उपधारा २ मा भनिएको छ, ‘यो संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचारसंहिताको गम्भीर उल्लंघन गरेका कारण आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्नेछन् ।’ महाअभियोग प्रस्ताव दर्ता गर्ने क्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूसमेत पुगेका थिए । न्यायालयको चिन्ता नगरेका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबराविरुद्ध महाअभियोग दर्ता भएको बडूले बताएका छन् । प्रधानन्यायाधीशका कारण न्यायालयमा झन्डै ४ महीनादेखि न्यायिक र संवैधानिकलगायत प्रक्रियाहरू अवरुद्ध रहेको उनको भनाइ छ । ‘सर्वोच्च अदालतमा रहेको अवरोध फुकाउन शक्ति पृथकीकरणको सिद्धान्तअनुसार सरकारले हस्तक्षेप गर्न सक्ने अवस्था थिएन,’ मन्त्री बडूले भने । न्यायपालिकामा देखिएको अवरोध हटाउन प्रधानन्यायाधीशले कुनै पहल नगरेको आरोप उनले लगाए । महाअभियोगको प्रस्तावबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले न्यायक्षेत्र झन् विवादित र अराजक हुने भएपछि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्याएको बताएका छन् । आइतवार मधेश प्रदेशको जनयुद्ध दिवससम्बन्धी कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले यसमा गठबन्धनकै सहमति रहेको समेत बताए । ‘न्यायक्षेत्र झन् पछि झन् विवादित हुने, झन् अराजक हुने र झन् अन्योलग्रस्त हुने स्थिति देखिएपछि संवैधानिक र लोकतान्त्रिक बाटोबाट समस्याको निकास गर्ने भनेको महाअभियोग नै हुन्थ्यो,’ दाहालले भने, ‘त्यसमा गठबन्धनमा आम सहमति पनि भयो ।’ महाअभियोग पास गर्न कठिन प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै समिति गठन गरिँदै छ । समितिले प्रस्ताव दर्तापछि छानविन गरी प्रतिनिधिसभासमक्ष प्रतिवेदन पेश गर्नेछ । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ गठबन्धनका ९८ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गराए पनि पास गर्न कठिन छ । प्रस्ताव पास गर्न दुई तिहाइ मत चाहिन्छ । सत्तारूढ दलभित्र यो प्रस्ताव संसद्बाट पास गर्न आवश्यक मत छैन । संसद्को तात्कालिक गणितलाई आधार मान्दा प्रस्ताव पारित हुने सम्भावना ज्यादै न्यून देखिएको हो । संसद्को ठूलो दल एमाले (९८ सांसद) प्रस्तावका विरुद्ध उभिएको छ । उसले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावले राजनीतिक द्वन्द्व बढाउन खोजेको प्रारम्भिक टिप्पणी गरेको छ । सत्ता गठबन्धनसँग १६५ सांसद मात्रै छन् जुन महाअभियोग प्रस्ताव पारित गर्न पर्याप्त हुँदैन । महाअभियोग प्रस्ताव २ तिहाइले पास गर्नुपर्ने हुन्छ, जसका लागि २ तिहाइ अर्थात् १ सय ८४ सांसद चाहिन्छ ।

एमाले सचिवालय बैठक बालकोटमा जारी

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक अहिले जारी छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छ । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिकरुपमा सचिवालयको बैठक बोलाएको हो । एमालेले भोलि बिहान संसदीय दलको बैठक पनि बोलाएको छ ।

एमाले सचिवालय बैठक जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा बिरुद्ध महाअभियोग दर्ता भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छ । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिकरुपमा सचिवालयको बैठक बोलाएको थियो । सचिवालयबाट महाअभियोगको ‘काउन्टरमा एमालेले नीति तय गर्ने ठानिएको छ । त्यस्तै एमालेले सोमबार बिहान संसदीय दलको […]

अन्तर्वार्ता: 'छापामार शैलीमा महाअभियोग आउनु गम्भीर विषय हो'

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग दर्ता भएको छ । तर, यो विषयमा प्रमुख प्रतिपक्षी दल एमाले बेखबर छ । महाअभियोग पास गर्नका लागि दुई तिहाई मत आवश्यक पर्छ । प्रतिपक्षी दलको समर्थन नहुँदासम्म महाअभियोग पास गर्न आवश्यक दुईतिहाई पुग्दैन ।

पारित होला त चोलेन्द्र विरुद्धको महाअभियोग, एमाले जुट्यो वैठकमा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार सोमबार बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ । एमालेले सत्तारुढ ...