किसानलाई अनुदानमा मौरी सहितको घार वितरण

संखुवासभाको चैनपुर नगरपालिकाले नगरभित्रका किसानलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको छ । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको हो । मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका अपाङ्गता भएका व्यक्तिका ३३ परिवारलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको नगर प्रमुख भरतकुमार खत्रीले बताए । अपाङ्गता भएका व्यक्तिका परिवारलाई ७ दिने मौरीपालनसम्बन्धी तालिमसहित मंगलवार मौरी सहितको घार वितरण गरिएको नगर प्रमुख खत्रीले बताए । घार सहितको मौरी वितरण गर्दै नगर प्र...

सम्बन्धित सामग्री

अनुदानमा कृषकलाई गोलासहितको मौरीघार

कृषि विकास कार्यालय रुकुमपश्चिमले किसानलाई गोलासहितको मौरी घार वितरण गरेको छ । आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटबाट ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको हो ।

किसानलाई हावापानी सुहाउँदो मौरीका घार वितरण गर्दै पोखरा महानगरपालिका

गण्डकी । कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा मौरीका घार वितरण गर्न थालेको छ । ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत महानगरपालिकाले घार वितरण गर्न लागेको हो । पोखरा-१६, २०, २८ र ३० वडालाई माहुरी पकेट क्षेत्रका रूपमा अघि बढाउँदै ५० प्रतिशत अनुदानमा मौरीका घार वितरण गर्न लागिएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । कृषकलाई करीब रू. १ करोड बराबरको मौरीका घार ५० प्रतिशत अनुदानमा कृषकलाई उपलब्ध गराइने र त्योसँगै सूर्यमुखी फूलको बीउ, टोपी, स्टेन्ड आदि पनि वितरण गरिने उनले बताए । यसैबीच पोखरा-२० को कार्यालयले ६४ किसानलाई मौरीको घार वितरण गरेको छ । पोखरा-२० भलाममा आयोजित एक कार्यक्रमबीच वडा अध्यक्ष गंगाबहादुर केसी र पोखरा महानगरपालिका कृषि शाखा प्रमुख मनोहर कडरियाले संयुक्त रूपमा किसानलाई मौरीको घार वितरण गरेका हुन् ।  वडाअध्यक्ष केसीले किसानलाई समस्या परेमा तत्काल प्राविधिक सहयोग उपलब्ध गराइने उल्लेख गर्दै उत्पादित महको बजार व्यवस्थापनको जिम्मा वडा कार्यालयले लिने बताए ।  कृषि महाशाखा प्रमुख कडरियाले २-४ पैसाको लोभमा बाहिरी जिल्लाबाट ल्याइएका मौरी खरीद नगर्न अनुरोध गर्दै त्यसरी खरीद गरिएका मौरीको हावापानी नमिल्ने भएको हुँदा मौरी मारेर क्षति हुन सक्ने बताए । पोखराको हावापानी सुहाउँदो मौरी पाल्न सजिलो होस् भनेर कृषि महाशाखाले पोखराकै किसानद्वारा उत्पादित मौरीका घार वितरणमा जोड दिएको छ । रासस

प्रतिकूल मौसमका कारण मह उत्पादनमा कमी

लमजुङ । लमजुङमा यस वर्ष घरपालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गतवर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् ।      प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गतवर्षको तुलनामा यो वर्ष आठ टन मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र लमजुङले बताएको छ । कार्यालयका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष ११ हजार ५०० मौरी घारबाट ३० टन मह उत्पादन भएको छ । गतवर्ष जिल्लाका किसानले ११ हजार एक सय मौरीका घारबाट ३८ टन मह उत्पादन गरेका थिए । त्यस्तै २०७६ सालमा ९ हजार ५०० मौरी घारबाट ३४ टन मह उत्पादन भएको थियो भने २०७५ मा पाँच हजार ९०० मौरी घारबाट ३२ टन मह उत्पादन भएको कार्यालयको तथ्यांक छ । यस वर्ष जिल्लामा प्रतिकिलोग्राम महको मूल्य ८५० देखि ९०० रुपैयाँसम्म रहे पनि किसानले एक हजारसम्ममा बिक्री गरेका छन् । महको बिक्रीबाट यस वर्ष एक करोड ३६ लाख आम्दानी गरेको सूचना अधिकारी रेग्मीले जानकारी दिए । उनका अनुसार जिल्लामा उत्पादन गरिएको मह काठमाडौं, पोखरा, चितवनलगायत र जिल्लाभित्रकै शहरबजारमा समेत राम्रो खपत हुँदै आएको छ । बेँशीसहर नगरपालिका–४ पुरानोकोटका मौरीपालक किसान बेनबहादुर गुरुङले गतवर्ष ९६ क्विन्टल मह उत्पादन गरेका थिए । तर यस वर्ष असोजमा बढी वर्षा भएकाले पौने ६ क्विन्टल मह उत्पादन भएको कृषक गुरुङको भनाइ छ । नेपाल मौरीपालक महासंघ जिल्ला शाखा लमजुङका उपाध्यक्ष तथा सुन्दरबजार नगरपालिका–११ का दुव्र दुराले पनि यस वर्ष मह उत्पादन घटेको बताए । ‘गतवर्ष ४५ ओटा मौरीका घारबाट डेढ क्विन्टल मह उत्पादन भएको थियो, यस वर्ष त झन् मौरी घार थपेर ९० ओटाबाट गत वर्षभन्दा दोब्बर उत्पादन होला भनेको थिए, तर डेढ क्विन्टल मात्र उत्पादन भयो ।’ जिल्लाका कृषकले आधुनिक मौरी घार र आधुनिक प्रविधिको प्रयोगले मह उत्पादन गर्न थालेका छन् । नेपाल मौरीपालक महासंघ जिल्ला शाखा लमजुङका अनुसार जिल्लाको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार र बेँशीशहर नगरपालिका तथा मस्र्याङ्दी गाउँपालिका रहेका छन् । शाखामा दर्ता भएका ३८२ जनाभन्दा बढी मौरीपालक किसान छन् । मौरीपालक किसानलाई मौरी व्यवसायमा आकर्षित गर्दै मह उत्पादनमा वृद्धि गर्नका लागि यस वर्ष कृषि ज्ञान केन्द्र, बेँसीसहर र सुन्दरबजार नगरपालिकालगायत विभिन्न स्थानीय तहहरूले ५० प्रतिशत अनुदानमा आधुनिक मौरी घार, मौरीसहितको मौरी घारलगायत विभिन्न उपकरण वितरण गरेका थिए । जिल्लाको मध्यनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका–४, ५ र ६, सुन्दरबजार नगरपालिका–५ र बेँसीसहर नगरपालिका–२ मौरी पकेट क्षेत्रका रूपमा रहेको कृषि ज्ञान केन्द्रले बताएको छ । जिल्लामा पचास प्रतिशत अनुदानमा गोलासहितका ५०० र खाली घार एक हजार २०० ओटा किसानलाई वितरणका साथै आवश्यक उपकरणसमेत वितरण गरिएको केन्द्रले बताएको छ । रासस

नौथरका किसानलाई गोलासहितका ४० वटा मौरीघार वितरण

लमजुङ : पूर्वी  लमजुङको दोर्दी गाउँपालिकाले किसानलाई  मौरीसहितको ४० वटा घार  वितरण गरेको छ। दोर्दी गाउँपालिका कृषि शाखाले किसानलाई व्यवसायिक मौरीपालनतर्फ आकर्षित गर्ने उद्देश्यले  दोर्दी ४ नौथर वडाभित्रका किसानको मागअनुसार ७५ प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको हो।गाउँपालिकाले नौथर कृषक समूहमार्फत दोर्दी ४ का साबिक ९ वटै वडा समेटिने गरी  आधुनिक मौरीसहितको घार वितरण गरेको जनाएको छ।  नौथर कृषक समूहले वडाभित्रका एक सय घर परिवारलाई प्रतिघर एक मौरी घार वितरण