आहा ! रारा पोखरा गोल्डकपको उपाधि संकटाले जित्यो

२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि संकटा फुटबल क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले हराउँदै संकटाले उपाधि जितेको हो ।