पुनर्निर्माणमा झन्झटिलो भुक्तानी प्रक्रियाले सास्ती

गुल्मीमा पुनर्निर्माणको झन्झटिलो प्रक्रियाले नागरिकलाई सास्ती भएको छ । निजी आवास पुनर्निर्माण गरिसकेपछि अनुदान रकम भुक्तानीका लागि झन्झटिलो प्रक्रिया भएकाले लाभग्राहीलाई सास्ती पुगेको जिल्लाका सरोकारवालाको भनाइ छ ।नेकपा एमालेका नेता गणेश श्रीपाली, नेकपा माओवादी केन्द्रका नेता वीरबहादुर कार्की र जसपाका नेता घनश्याम पाण्डेयले जिल्लामा पुनर्निर्माण सन्तोषजनक भए पनि झन्झटिलो भुक्तानी प्रक्रियाले नागरिकले सास्ती पाएको बताए […]