मर्जरको क्रममा रोक्का रहेका आरएमडीसी र साना किसान लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाडौं। एक आपसमा गाभ्ने तथा गाभिने सम्झौता भएपछि कारोबार रोक्का गरेका दुई लघुवित्तको सेयर कारोबार बुधबार फुकुवा भएको छ। नेप्सेका अनुसार

सम्बन्धित सामग्री

आरएमडीसी लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न, बोनससहित पारित भए यी प्रस्ताव

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २४ औं वार्षिक साधारण सभा  शुक्रवार  काठमाडौमा सम्पन्न भएको छ । उक्त सभाले सञ्चालक समितिका अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/ ०७९ कोे वार्षिक प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/ ०७९ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ । कम्पनीले आव २०७८/ ०७९ मा ५० करोड ५५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको र शेयरधनीहरुलाई चुक्तापूँजीको २६ प्रतिशत बोनस शेयर र १ दशमलव ३६४८% नगद लाभांश (कर प्रयोजनको लागि) दिने प्रस्ताव सभाले स्वीकृत गरेको छ ।  उक्त सभाले आरएमडीसी लघुवित्त वित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्था एकापसमा गाभ्ने/ गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । जसअनुसार आरएमडीसीको १०० कित्ता शेयर बराबर मर्जपछि बन्ने संस्थाको ८७ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः८७) कायम गर्ने समेत सभाले स्वीकृत गरेको छ ।

आरएमडीसी लघुवित्तले चैत १० गते बोलायो साधारण सभा

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १० गते २४ औं वार्षिक साधारण सभा बोलाएको छ ।  गत फागुन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अमृतभोग कालिकास्थान, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित कुल २७ दशमलव ३७ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।  कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब २४ करोड १० लाख ६६ हजारको आधारमा २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।उल्लिखित प्रस्तावसँगै साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जर प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । आरएमडीसी लघुवित्तको १०० कित्ता शेयर बराबर मर्जर पछिको संस्थाको शेयर ८७ कित्ता प्राप्त हुने गरी यी दुई कम्पनी मर्जरमा जान लागेका हुन । साना किसान लघुवित्तका शेयरधनीहरूको भने शेयर संख्यामा कमि हुनेछैन् । यो सभाले मर्जरका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । साधारण सभा प्रयोजनका लागि चैत १ गतेदेखि १० गतेसम्म बुक क्लोज गर्ने तया्री कम्पनीको छ । बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।