उच्च अदालत पाटन, हेटौंडा इजलासबाट वर्षमा ८२६ वटा मुद्दा फर्छ्यौट

 उच्च अदालत पाटन, हेटौंडा इजलासले आर्थिक वर्ष २०७७/०७८ मा ८२६ वटा मुद्दा फर्छ्यौट गरेको छ । उच्च अदालत पाटन, हेटौंडा इजलासले आफ्नो कार्य सम्पादन प्रगतिको बारेमा दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७७/०७८ को लक्ष्यभन्दा १३ प्रतिशत कम प्रगति हासिल भएको हो ।इजलासले गत आर्थिक वर्षमा ८७.९६ प्रतिशत मुद्दा फर्छ्यौटको लक्ष्य लिएकोमा ५७.१६ प्रतिशतमात्र प्रगति हासिल भएको छ । इजलासले गत आर्थिक वर्षमा नयाँ दर्ता भएका र जिम्मेवारी सरेर आएकामध्ये ९३९ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको थियो ।गत आर्थिक व