पीएम कपमा एपीएफ र न्यू डायमन्ड विजयी

नेपालगञ्ज, (नेस) । सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा आइतबार लगातार दोस्रो जित निकाल्दा होंगान्जी न्यू डायमन्ड एकेडेमीले पहिलो खेल जितेको छ । आइतबार भएको पहिलो खेलमा एपीएफ क्लबले लुम्बिनी युनाइटेडलाई पराजित गरेको हो भने दोस्रो खेलमा न्यू डायमन्ड एकेडेमीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराएको हो । […]