युनिक नेपाल र घोडीघोडाको एकीकृत कारोबार सुरु

युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्च भएपछि आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। शुक्रबार कोहलपुरमा सम्पन्न भएको एकीकृत कारोबार घोषणा कार्यक्रममा दुवै वित्तीय संस्थाका अध्यक्षद्वय...

सम्बन्धित सामग्री

युनिक नेपाल लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा कोहलपुरमा सम्पन्न भएको छ । सभाले‍ सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष (आव) २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । सभाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै संचालक समितिमा सर्वसाधारण शेयरधनीबाट बाँकेको कोहलपुरका जागेश्वर प्रसाद चौधरीलाई सर्वसम्मतिबाट चयन गरेको छ ।        हाल कम्पनीको चुक्ता पूँजी रु. १४ करोड ८५ लाख ७५ हजार रहेको छ ।

युनिक नेपाल लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

काठमाडौँ– युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश (कर प्रयोजनसहित) २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई […]

युनिक नेपाल लघुवित्तको एफपीओ बिक्री खुला

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले बिहीबारदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग […]

एफपीओ निष्कासन गर्न युनिक नेपाल लघुवित्तलाई स्वीकृति

२५ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई धितोपत्रको थप सार्वजनिक निष्कानस (एफपीओ) को स्वीकृति दिएको छ । बोर्डले २१ वैशाखमा कम्पनीलाई ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता सेयर निष्कासन गर्ने स्वीकृति दिएको हो । हाल ११ करोड ६ लाख ३२ हजार […]

घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्तको मर्जरपछि कायम शेयर सूचीकृत

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जरपछि कायम शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । यी दुई कम्पनी १ बराबर शून्य दशमलव ५ को अनुपातमा शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । यी दुई कम्पनीले मर्जर प्रक्रिया पूरा गरी २०७८ पुस ३० गतेदेखि एकीकृत कारोबार शुरू गरेका थिए । मर्जरका लागि सहमति भएको स्वाप रेसियोअनुसार कायम ११ लाख ६ हजार ३२५ कित्ता शेयर फागुन ३ गते नेप्सेमा सूचीकृत भएको हो । घोडीघोडा लघुवित्तको कुल १ लाख ३८ हजार १२५ कित्ता र युनिक नेपाल लघुवित्तको ९ लाख ६८ हजार २०० कित्ता शेयर सूचीरण भएको नेप्सेले जानकारी दिएको छ । साविक घोडीघोडा लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको कुल १ लाख ३८ हजार १२५ कित्ता शेयर युनिक नेपाल लघुवित्तको नाममा कारोबार हुने र युनिक नेपाल लघुवित्तको संस्थापकतर्फको कुल ९ लाख ६८ हजार २०० कित्ता शेयर थप सार्वजनिक निष्कासन सम्पन्न नभएसम्म कारोबार गर्न नपाइने नेप्सेको भनाइ छ । सूचीकरण भएको दोस्रो कारोबार दिनदेखि कारोबारयोग्य हुने यो शेयरको खुला मूल्य नेप्सले प्रतिकित्ता रू. ३२९ दशमलव ८३ देखि अधिकतम रू. ९८९ दशमलव ४९ तोकेको छ । आइतवारदेखि साविक घोडीघोडा लघुवित्तको शेयरधनीहरूले युनिक नेपाल लघुवित्तको नामबाट आफ्नो शेयर कारोबार गर्न सक्नेछन् ।

युनिक नेपाल लघुवित्तको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

फागुन २५, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।   शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ । युनिक नेपाल लघुवित्तले घोडाघोडी लघुवित्तलाई मर्जर गरे पश्चात बनेको कम्पनीको सञ्चालक समितिको निर्णयआनुसार शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।  युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्तले गत पुस ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् ।  घोडीघोडा लघुवित्तको १०० कित्ता शेयर बराबर युनिक लघुवित्तको ५० कित्ता शेयर शेयर आदान प्रदान गर्ने सहमति अनुसार ती दुई कम्पनी मर्जरमा गएका हुन् ।

घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्तको एकीकृत कारोबार पुस ३० गतेदेखि

पुस २१, काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया सम्पन्न गरी पुस ३० गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।  ती दुई कम्पनी बीच २०७७ कात्तिक २१ गते मर्जर प्रक्रियामा जाने प्रारम्भिक सम्झौता भएको थियो । घोडीघोडा लघुवित्तका १०० कित्ता शेयर बराबर युनिक लघुवित्तको ५० कित्ता शेयर शेयर आदान प्रदान गर्ने सहमति अनुसार ती दुई कम्पनी मर्र्जरमा गएका हुन् । घोडीघोडा लघुवित्त धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्म सर्वसाधारणमा शेयर जारी गरेको छैन । मर्जर सम्झौता भएसँगै घोडीघोडा लघुवित्तको शेयर कारोबार २०७७ साल कात्तिक २३ गतेदेखि नेप्सेमा रोक्का रहेको छ ।   घोडीघोडा लघुवित्तको असोज १६ गते र युनिक नेपाल लघुवित्तको असोज ८ गते सम्पन विशेष साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकबाट असोज २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्राप्त गरेका कम्पनीहरुले कम्पनी रजिष्ट्रारको कार्यालयबाट पुस २० गते स्वीकृति पाएसँगै ती कम्पनीहरुले एकीकृत कारोबारको मिति तय गरेका हुन् ।  युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु हुने छ । मर्जर पश्चात बन्ने युनिक नेपाल लघुवित्तको केन्द्रीय कार्यालय साविककै कोहलपुर नगरपालिका ११ न्यूरोड, बाँकेमा नै रहनेछ । एकीकृत कारोबार शुरु हुने दिन दुबै कम्पनीको सवै कार्यालयहरुमा कार्य सञ्चालन भने हुने छैन ।

मर्जरपछि युनिक नेपाल र घोडीघोडा लघुवित्तको एकिकृत कारोबार मिति तय

युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्तलाई मर्जर गरे पश्चात पुस गते ३० शुक्रबारबाट एकिकृत कारोबार शुभारम्भ गर्ने भएको छ । युनिक नेपाल लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो। बाँके जिल्ला, कोहलपुर नगरपालिका, वडा नं. ११ न्युरोडमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले  कञ्चनपुर जिल्ला श्रीपुर बेलौरी नगरपालिका वडा नं. ४. बेलौरी मा केन्द्रीय कार्यालयरहेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्ज गरेको हो । युनिक नेपालको असोज ८ गतेको र घोडीघोडाको असोज १६ गतेको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए ।  नेपाल राष्ट्र बैंकले असोज २९ गते मर्जरको लागि अन्तिम स्वीकृत  प्रदान गरेको थियो।  त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २० गतेको पत्रबाट मर्जर हुने संस्था घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित खायित्वहरु प्राप्त गर्ने संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको लेखाङ्कन हिसावमा समायोजन गर्नु पर्ने गरी स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ ।  मर्जर पश्चात बन्ने युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय साविककै कोहलपुर नगरपालिका, वडा नं. ११ न्युरोड, बाँकेमा नै रहने छ । कारोबार शुभारम्भ हुने उल्लेखित दिनमा दुबै वित्तीय संस्थाका सम्पूर्ण कार्यालयहरुमा कार्य सञ्चालन बन्द हुने कम्पनीले जनाएको छ।

घोडाघोडी लघुवित्त युनिक नेपाल लघुवित्तमा गाभिने

घोडाघोडी लघुवित्त वित्तीय संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्थामा गाभिने भएको छ । शनिबार सम्पन्न घोडाघोडी लघुवित्तको पहिलो विशेष साधारण सभाले उक्त निर्णय गरेको हो ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था सम्मानित

बाँकेको कोहलपुर स्थित युनिक नेपाल लघुवित्त वित्तीय संस्था ग्राहक सदस्य सुरक्षणमा अब्बल संस्थाको रुपमा सुचिकृत भएको छ ।स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक सुरक्षणका सात सिद्धान्त र १९२ मानकहरु यस वित्तीय संस्थाले पूर्णरुपमा पालना गरेको भनी स्मार्ट सर्टिफिकेट (प्रमाणपत्र) बाट सम्मानित भएको हो । यसबाट युनिक नेपाल लघुवित्त वित्तीय संस्था अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गरेका विश्वका […]