बर्दियामा बाघले बेपत्ता पारेकी महिलाको शव भेटियो

बर्दिया : बर्दियामा बाघले बेपत्ता पारेकी महिलाको शव भेटिएको छ। मंगलबार दिउसो निउरो टिप्न बर्दिया राष्ट्रिय निकुञ्ज भित्र गएकी ठाकुरबाबा नगरपालिका–७ मोहनपुरकी ५५ वर्षीया डल्ली रावतको भर्खरै शव भेटिएको प्रहरीले जनाएको छ।गाउँका अन्य महिलासँगै निकुञ्ज गएकी रावतलाई बगौरा भन्ने ठाउँमा बाघले आक्रमण गरेको थियो। बाघले आक्रमण गरेको खबर पाए पछि निकुञ्जको सुरक्षा पोष्टबाट खोजतलासमा गएको सुरक्षाकर्मीहरूको टोलीले रावतको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।बर्दिया राष्ट्रिय