काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ विरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी परेको छ । विभिन्न ठाउँबाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेको भन्दै केही व्यक्तिले ‘स्वतन्त्र’ शब्दमा आपत्ति जनाउँदै दल दर्ता रोक्न मागसहित आयोगमा उजुरी दिएका हुन् । ‘स्वतन्त्र शब्दको आफैँमा महत्व रहेको र दलीय भीडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने […]