लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस्, सरकारले सहयोग गर्छ

६ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका लागि लगानीकर्ता समक्ष आह्वान गरेका छन् । बुधबार ऊर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले यस्तो आह्वान गरेका हुन् । ‘नेपालमा ऊर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हान गर्दछु, लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ’ उनले भने । सरकारले लगानीको प्राथमिकतामा ऊर्जालाई लिएको भन्दै उनले नेपालमा […]