२३ अर्बमा २ सौर्य ऊर्जाको सम्भाव्यता अध्ययन गर्ने निर्णय, बुट मोडलमा तल्लो अरुण बनाउने प्रस्ताव स्वीकृत

लगानी बोर्डले करीब २३ अर्ब रूपैयाँ लागत अनुमान गरेको दुई सौर्य ऊर्जा परियोजना निर्माण गर्न सम्भाव्यता अध्ययन गराउने निर्णय गरेको छ ।  बोर्डले बुट मोडलमा तल्लो अरुण बनाउने प्रस्ताव पनि सोही बैठकबाट स्वीकृति गरेको छ ।  प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा मंगलवार बसेको लगानी बोर्डको ४९ औं बैठकले सुदूरपश्चिमको डोटी र डडेलधुरामा निर्माण गर्ने यी दुई आयोजनाको लागि सेन्टर इलेक्ट्रोनिक्स लिमिटेडलाई सम्भाव्यता अध्ययन गर्न अनुमति दिने निर्णय गरेको हो ।  निर्माणाधीन यी दुई सौर्य ऊर्जा...