उत्तर कोरियाले रुसलाई एक हजार कन्टेनर हतियार पठायो : अमेरिका

उत्तर कोरियाले रुसलाई हतियार पठाएको आरोप अमेरिकाले लगाएको छ।अमेरिकी अधिकारीहरूले रुसलाई उत्तर कोरियाले ठूलो संख्यामा सैन्य उपकरण पठाएको र त्यो युक्रेनमा प्रयोग हुने आरोप लगाएका हुन्।अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बिले उत्तर कोरियाले यसै साता उपकरण र युद्ध सामग्रीले भरिएका एक हजारभन्दा धेरै कन्टेनर पठाएको आरोप लगाए। अधिकारीहरूले केही तस्विर पनि सार्वजनिक गर्दै भनेका छन्, ‘यो तस्विर कोरियाको नेजिनमा एकसाथ रोकिएका ३ सय कन्टेनरका हुन्।’गत महिना उत्तर कोरियाका न