ओली कम्पनीको आयु अब मङ्सिर ३ सम्म मात्रै : मन्त्री चौधरी

नेपाल सरकारका सहरी विकास मन्त्री तथा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले लोकतन्त्रको हरण गर्ने खोज्ने प्रतिगमनकारीहरू अब जनताले दण्डित गर्ने बेला आएको बताएका छन् । एकीकृत समाजवादी पार्टी राजपुर गाउँ कमिटीले आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । मन्त्री चौधरीले नव प्रवेशीहरुलाई स्वागत गर्दै मुलुकलाई अन्योलमा पार्ने गरी ओली कम्पनीले जनमत कदर नगरी जनताले प्राप्त गरेको उपलब्धिलाई नै धरापमा पार्ने काम गरेकाले आगामी मङ्सिर ४ मा प्रति