आश्रम बनाउन पुराणबाट उठ्यो १ करोड

ललितपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनका लागि १ करोड नगद संकलन भएको छ।ताथलीमा २ सातासम्म चलेको धार्मिक तथा साँस्कृतिक महोत्सव एवं पितृ मुक्ति विराट ज्ञान महायज्ञ–२०८० को अवसरमा दाताले आश्रमका लागि भनेर करिब १ करोड नगद दान दिएका छन्।समाजमा तिरष्कृत असहाय जेष्ठ नागरिकलाई संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको आश्रमका लागि भनेर थप १ करोड दिने विभिन्न निकाय, संघसंस्था तथा ब्यक्तिले पनि गरेको आश्रमका अध्यक्ष एवं महायज्ञ स