पाकिस्तानमा पहिलो पटकमा सर्वोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छिन् । न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च अदालतको न्यायाधीशको सपथ खाएर इतिहास रचेकी हुन् । बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । आयोगका पाँच सदस्यमध्ये चार जनाले उनको पक्षमा मतदान गरेका थिए । सर्वोच्चका प्रधान न्यायाधीश गुल्झर अहमेदले सोमबार नै मलिकलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् । मलिकलाई सर्वोच्चको न्यायाधीश हुन त्यति सहज वातावरण