कुन प्रदेशका कुन जिल्लामा कोरोनाको जोखिम बढी?

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो१४ दिनमा कोरोनाका सबैभन्दा बढी सक्रिय संक्रमित सात प्रदेशका१६ जिल्लामा बढेका छन्। प्रदेश१ को उदयपुर,पाँचथर,तेह्रथुम,भोजपुर र संखुवासभामा संक्रमित बढी बढेका छन्। बागमती प्रदेशको दोलखा, नुवाकोट र रसुवा र गण्डकी प्रदेशको बागलुङ र मुस्ताङमा पनि संक्रमतिको संख्या बढ्दो छ। लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको जुम्ला,डोल्पा,मुगु र रुकुम पश्चिम र सुदूरपश्चिम प्रदेशको बाजुरामा सक्रिय संक्रमित बढेका छन्।

सम्बन्धित सामग्री

बैतडीका विद्यालय माघ  मसान्तसम्म बन्द

बैतडीका  विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म विद्यालय बन्द राख्न भनेको हो ।  कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार  जिल्लामा कोरोनाको जोखिम कायम भएको हुँदा माघ मसान्तसम्म भीडभाडजन्य  कार्यमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । यसका साथै जिल्ला प्रशासन कार्यालयले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि भएका निर्णय कार्या

प्रदेश २ मा कोरोनाको जोखिम बढेसँगै सतर्कता अपनाइँदै

धनुषा । मित्रराष्ट्र भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लामा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेको हो । यस प्रदेशका विभिन्न जिल्लामा पछिल्लो दुई दिनमा ९९ जनाको स्वाब परीक्षण गरिएकामा १६ जनाको […]

छायांकन सुरु नभएपछि मुम्बई पुगिन् अदिती

यो बर्षको वैशाखको दोश्रो सातासम्म केही चलचित्रको छायांकन धमाधम भैरहेको थियो । तर, कोरोनाको जोखिम बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी हुन थाल्यो । यसपछि भने चलचित्रको छायांकन रोकियो । निर्देशक सुरेन्द्र पौडेलले चलचित्र ‘बाबरी’को छायांकन पूर्वका विभिन्न जिल्लामा गरिरहेका थिए । तर, छायांकन सुरु भएको १० दिनमै उनले काम रोक्नुपर्यो । नायिका अदिती वुढाथोकी निषेधाज्ञाको […]

रुकुम र दाङमा निषेधाज्ञा थप

रुकुम (पूर्व) मा निषेधाज्ञाको अवधि एक हप्ता थप भएको छ । जिल्लामा कोरोनाको जोखिम बढ्दै गएकाले लामो समयदेखि निषेधाज्ञा लागू गरिएको छ ।  पछिल्लोपटक थप गरिएको अवधि आज राती १२ बजेबाट सकिदै थियो । कोरोना सङ्क्रमणमा कमी नआएकाले  एक हप्ता थपिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) संयोजक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए  । दाङमा असार १ सम्म जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले दाङमा निषेधाज्ञा थप गरेको छ । यसअघि आजसम्म तोकिएको निषेधाज्ञा

कञ्चनपुरमा निषेधाज्ञा सात दिन लम्बियो

कञ्चनपुर। कोरोनाको जोखिम बढेसँगै कञ्चनपुर जिल्लामा निषेधाज्ञा एक साताको लागि लम्बिएको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी गराएका छन्। कोरोनाको जोखिमलाई कम गर्नको लगि डीसीसीएमसीको सिफारिसको आधारमा निषेधाज्ञा लम्बाएर १५ गते राति १२ बजेसम्म पुर्‍याइएको महतोले बताए।

रसुवामा अत्यावश्यक बाहेकका पसलहरू दैनिक चार घण्टा मात्र खुल्ने

रसुवामा अत्यावश्यक सामग्री बिक्री गर्ने बाहेक अन्य पसल दैनिक चार घण्टा मात्र खोल्न पाइने भएको छ । जिल्लामा कोरोनाको जोखिम बढ्दै गएपछि अत्यावश्यक बाहेकका सामग्री बिक्री गर्ने पसल बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने भएको...

कोरोनाको जोखिम बढेपछि चनाखो भयो प्रशासन

मकवानपुर । कोभिड–१९ संक्रमण रोकथाम तथा व्यवस्थापन केन्द्र मकवानपुरले कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढेपछि जिल्लामा स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्न आम नागरिकहरुलाई आग्रह गरेको छ ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा आज बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्न आम नागरिकलाई निर्देशन जारी गरेको हो ।नेपाल सरकारको सोमबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालय, शान्ति सुरक्षा

भारत कोरोनाको हटस्पट बन्दै, उत्तर प्रदेशका तीन जिल्लामा रात्रिकालीन कर्फ्यु

काठमाण्डाै - भारतको उत्तर प्रदेशमा कोरोनाको जोखिम उच्च भएपछि तीन जिल्लामा रात्रिकालीन कर्फ्यु लागू भएको छ । लखनउ, प्रयागराज र वाराणसीमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू भएको छ । यो समयमा अत्यावश्यक सेवाका गाडीलाई भने ओहोरदोहोर गर्न दिइनेछ । योबाहेक उत्तर प्रदेशमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका ठाउँ  र हरेक दिन एक सयभन्दा बढी नयाँ बिरामी भेटिएका ठाउँमा पनि राति कर्फ्यु लाग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले परिस्थिति हेरेर थप निर्णय गरिने बताउनु भएको छ । उ...

कर्णालीमा कोरोनाको जोखिम बढ्दै

कर्णालीमा अघिल्लो सातासम्म कोरोना संक्रमितको संख्या दुई जना मात्रै थियो। सुर्खेतबाहेक नौवटै जिल्लामा कोरोना संक्रमित शून्य थियो। नयाँ वर्ष र चैते दशैंको पूर्व सन्ध्यामा कमाउनका लागि कालापहाड (भारत)बाट कर्णालीवासी फर्कन सुरु भएसँगै कोरोनाको जोखिम पनि बढ्न थालेको छ।