कर्णाली सरकार जोगाउने तीन सांसद एमालेबाट निष्कासित, प्रकाश ज्वालालाई केन्द्रले कारवाही गर्ने

काठमाडौं। कर्णालीमा माओवादी नेतृत्वको सरकार जोगाउन मतदान गर्ने एमालेका तीन प्रदेशसभा सदस्यलाई पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको छ। आजको बैठकबाट एमालेका सांसदहरू नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको प्रदेश कमिटीका अध्यक्ष गोरख बोगटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सांसद प्रकाश ज्वालालाई निष्कासन गर्न केन्द्रलाई पत्राचार गर्ने बैठकले निर्णय गरेको छ।