छिट्टै सबै नागरिकलाई बुस्टर डोज : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडाले सबै नागरिकका लागि छिट्टै कोरोनाविरुद्धको बुस्टर डोज प्रदान गर्ने बताएका छन् । बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको ज्ञापनपत्र बुझ्दै मन्त्री खतिवडाले अहिले अग्रपङ्क्तिमा काम गर्नेलाई दिइरहेको बुस्टर डोज केही दिनभित्रै सबै नागरिकका लागि प्रदान गर्ने बताएका हुन् । मन्त्री खतिवडाले विद्यार्थीहरूका लागि पनि खोप प्रदान गर्ने काम सुरु भइरहेको...