पाँचदलीय गठबन्धनबाट जसपा बाहिरिने संकेत

जनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धनबाट बाहिरिने संकेत देखाएको छ । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सो संकेत देखाएको हो । बैठकपछि पार्टीका प्रवक्ता मनिष सुमनले प्रेस नोट जारी गर्दै गठबन्धनमा सिटको बाँडफाँट सम्बन्धी छलफलमा जसपाका लागि सन्तोषजनक अवस्था नदेखिएको बताएका छन् ।‘छलफलमा सन्तोषजनक अवस्था नदेखिएको हुँदा गठबन्धनको विकल्पमा अन्य राजनीतिक दलसँग पनि चुनावी तालमेलका लागि छलफल गर्ने निर्णय बैठकले गरेको छ’ जारी प्रेस नोटमा भनिएको छ । यदि कुनै दलसँग तालमेल हु