अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यकता कि रहर ?

नेपालमा अन्तर्राष्ट्रिय उडान सुरू भएको ७४ वर्षसम्म एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएकोमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भर्खरै सञ्चालनमा आएको छ । गत वैशाखदेखि भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए) औपचारिक रूपमा सञ्चालनमा आएको छ ।हाल यस विमानस्थलमा कुवेतको जजिरा एयरवेजले मात्रै अन्तर्राष्ट्रिय उडान भर्दैछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्नका लागि संयुक्त अरब इमिरेट्सलाई आधार बनाएर विश्वभर उडान भरिरहेको हङ्गेरीको विज एयरलाइन्सले समेत इच्छा देखाएको छ ।