स्पेनिस ला लिगा : रियल मड्रिडले बार्सिलोनालाई ३–१ गोलले हरायाे

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलकै चर्चित खेल एल क्लासिको अर्थात बार्सिलोनासँगको खेलमा रियल मड्रिड विजयी भएको छ ।   गएराति भएको खेलमा रियलले बार्सिलोनालाई ३–१ गोल अन्तरले हराएको हो । रियल मड्रिडका लागि करिम बेन्जिमा, फेडेरिको भालभर्डी र रोर्डिगोले गोल गरे । बार्सिलोनाका फेरान टोरेसले सान्त्वना गोल गरे । जितसँगै रियल मड्रिड बार्सिलोनासँग तीन अङ्कको अग्रता बनाउँदै शीर्ष स्थानमा पुगेको छ । बार्सिलोना २२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा : रियल बेटिससँग ग्रानाडा पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस विजयी भएको छ । गएराति भएको खेलमा ग्रानाडालाई १– गोलले हराउँदै बेटिस विजयी बनेको हो । रियल बेटिसका इसोले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६औँ मिनेटमा इसोले गरेको गोल नै बेटिसको जितका लागि निर्णायक बन्यो । यो जितसँगै रियल बेटिस २० खेलबाट […]

स्पेनिस ला लिगा : सेल्टा भिगोसँग रियल बेटिस स्तब्ध

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोले रियल बेटिसलाई हराएको छ । आज बिहान सम्पन्न खेलमा सेल्टा भिगोले रियल बेटिसलाई २–१ गोलले हराएको हो । भिगोका लागो अस्पास र विलियोट स्वीडबर्गले एक–एक गोल गरेका थिए । यस्तै रियल बेटिसका ऐटोर रुइबलले एक गोल गरेका थिए । खेलमा रियल बेटिसका रुइबलले छैटौँ मिनेटमा सुरुवाती गोल गरेका […]

स्पेनिस ला लिगा : रियल मड्रिड शीर्षस्थानमा

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भिल्लारियललाई फराकिलो अन्तरले हराएको छ । आज बिहान भएको खेलमा भिल्लारियललाई ४–१ गोल अन्तरले हराउँदै रियलले सानदार जित निकालेको हो । रियलका लागि जुड वेलिंघम, रोड्रिगो, ब्राहिम डिआज र लुका मोड्रिकले एक–एक गोल गरेका थिए । भिल्लारियलका जस लुइस मोरालेसले एक गोल फर्काएका थिए । यो जितसँगै १७ […]

स्पेनिस ला लिगा : लस पालमसमाथि रियल मड्रिडको जित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा लस पालमसलाई २–० गोल अन्तरले हराउँदै रियल विजयी भएको हो । रियलका लागि बरिम डियाज र जोस लुइस माटोले एक–एक गोल गरेका थिए । यो जितसँगै रियल मड्रिड ७ खेलबाट १८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको लस […]

स्पेनिस ला लिगा : रियल मड्रिडमाथि भिल्लाको जित

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा भिल्ला रियलले रियल मड्रिडलाई २-१ गोलले पराजित गरेको छ। भिल्ला रियलको जितमा एरिमी पिनो र जेरार्ड मोरेनोले एकएक गोल गरेका हुन्। रियल मड्रिडका करिम बेन्जिमाले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन। पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा भिल्ला विजयी भएको हो। […]

स्पेनिस ला लिगा : रियल मड्रिडको सहज जित

काठमाडौं – रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा शनिबार राति सानदार जित निकालेको छ। घरेलु मैदानमा रियलले सेभियामाथि ३–१ को सहज जित निकाल्यो । जितसङै शीर्षस्थान बलियो बनाएको छ । रियलको जितमा लुका मोड्रिच, लुकास भास्क्वेज र फेडे भाल्भेर्डेले एक एक गोल गरे । जितसँगै रियल ११ खेलबाट ३१ अंक जोडेर शीर्ष स्थानमा छ । […]

स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडलाई

काठमाण्डाै - रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा स्पानियोललाई ४–० गोलले हराउँदै रियलले उपाधि जितेको हो । घरेलु मैदानमा रियलका रोड्रिगोले दुई तथा मार्कुस एसेन्सियो र करिम बेन्जिमाले एक/एक गोल गरे । जितसँगै रियलले ३४ खेलमा ८१ अङ्क जोडेको छ । रियल दोस्रो स्थानको सेभियाभन्दा १७ अङ्कले अघि रहेको छ । ला लिगामा रियल ४ खेल बाँकी रहँदै उपाधि जित्न सफल भयो । रियलको यो ३५औँ ला लिगा उपाधि पनि हो । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी युर...

स्पेनिस ला लिगा : रियल मड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा रियलले भिल्ला रियलसँग गोलरहित बराबरी खेलेको हो । यस बराबरीसँगै रियलले २४ खेलमा ५४ अंक जोडेको छ । रियल शीर्ष स्थानमा यथावत रहेको छ । भिल्ला ३६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । अर्को खेलमा काडिज र सेल्टा भिगोले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडकाे सहज जित

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा खेलको १६ औँ मिनेटमा करिम बेन्जिमाले गाेल गरे भने मार्क्रो एसेन्सिओले खेलको ५७ औँ मिनेटमा गोल गरे । जितसँगै शीर्ष स्थानमा रहेको रियल मड्रिडले ४२ अङ्क जोडेको छ । एथ्लेटिको मड्रिड भने २९ अङ्कका साथ चौथो स्थानमा छ ।

स्पेनिस ला लिगा : रियल मड्रिडको बराबरी

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो । लेभान्टेको मैदानमा पाँचौं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकियो । ४६औँ मिनेटमा रोजरले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा ल्याए । ५७औँ […]