एनभीए भलिबल च्याम्पियनसिप : पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबलाई

काठमाण्डाै - एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी र महिलातर्फको उपाधि न्यु डायमण्ड स्पोर्टस् क्लबले जितेको छ । राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको फाइनलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । पहिलो सेट आर्मीले जितेको थियो, यस्तै दोस्रो सेट हेल्प नेपालले जित्यो भने तेस्रो र चौथो सेट आर्मीले जित्दै उपाधि आफ्नो पक्षमा पार्यो । विजेता बनेको आर्मीले ४ लाख र उपविजेता बनेको हेल्प नेपालले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।