राहतको चामल गोदाममै कुहिएपछि नगरपालिका कार्यालयमा तोडफोड

१२ साउन, रौतहट । कोरोना महामारीमा विपन्नलाई वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि स्थानीय वासिन्दाले रौतहटको देवाही गोनाही नगरपालिका कार्यालय तोडफोड गरेका छन् । नगरपालिकाले गरिव, असहाय, दलित समुदायलाई राहत वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि सोमबार राति खाल्डो खनेर पुरेको थियो । महामारीका बेला जनता भोकभोकै परेको तर नगरपालिकाले चामल कुहाएर फालेको […]