भन्सार महसुल वृद्धिले २६ वटा तेल उद्योग बन्द हुनसक्छ : घिउ तेल उत्पादक संघ

२२ जेठ, काठमाडौं । नेपाल वनस्पति घिउ तेल उत्पादक संघले भन्सार महसुल वृद्धि गर्ने सरकारको नीतिले २६ वटा तेल उद्योग बन्द हुने अवस्थामा पुग्ने दाबी गरेको छ । सरकारले १५ जेठमा प्रस्तुत गरेको बजेटमार्फत तेल उद्योगले आयत गर्ने तोरी, भटमास, पाम लगायतका तेलका कच्चा पदार्थको भन्सार महसुल एक प्रतिशतबाट १० प्रतिशत पुर्‍याइएको संघका अध्यक्ष विकास दुगडले […]