तेह्रथुम : कांग्रेसकी सीता र एमालेका विजयको प्रतिस्पर्धा

तेह्रथुम – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवारको रुपमा दोश्रो पटक आउनुभएको छ । २०७४ को चुनावमा नेकपा एमालेका भवानी खापुङसँग पराजित हुनुभएकी गुरुङ यसपटक फेरि एमालेका डा. विजय सुब्बासँग प्रतिस्पर्धा गर्न चुनावी मैदानमा आउनुभएको हो । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री समेत भइसक्नुभएकी गुरुङ जिल्लामा विकासप्रेमी नेतृको रूपमा चिनिनुहुन्छ  । गुरुङलाई पराजित गर्ने खापुङ नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेपछि एमालेले विजय सुब्बालाई प्रतिनिधि सभाका ल...

सम्बन्धित सामग्री

विजय सुब्बालाई पराजित गर्दै तेह्रथुमबाट कांग्रेसकी सीता गुरुङ विजयी

१० मंसिर, तेह्रथुम । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकी सीता गुरुङ निर्वाचित भएकी छन् । नेकपा एमालेका विजय सुब्बालाई एक हजार ७९ मतान्तरले पराजित गर्दै गुरुङ निर्वाचित भएकी हुन् । गुरुङले १९ हजार ७०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार ६२३ मत पाएका छन् । गुरुङ  गत २०७४ सालको निर्वाचनमा एमालेका […]

तेह्रथुममा कांग्रेसकी सीता गुरुङ विजयी

काठमाडौं : तेह्रथुमको प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सीता गुरुङ  निर्वाचित भएकी छिन्। निर्वाचन आयोगको अन्तिम मतपरिणामअनुसार १९ हजार ७०२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। यस्तै नेकपा एमालेका विजय सुब्बाले १८ हजार ६२३ मत ल्याए। उनीहरूबीच एक हजार ७९ मतान्तर छ। एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा विभिन्न पार्टीबाट १० उम्मेदवार थिए।

विजयको तेस्राे जित रोक्दै, तेह्रथुमबाट प्रतिनिधि सभामा सीता गुरुङ विजयी

तेह्रथुम - तेह्रथुमबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सीता गुरुङ विजयी हुनु भएको छ । नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै गुरुङ निर्वाचित हुनु भएको हो । गुरुङले १९ हजार ७ सय २ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी सुब्बाले १८ हजार ६ सय २३ मत पाउनु भएको छ । गुरुङ २०७४ सालको संसदीय चुनावमा एमालेका भवानी खापुङसँग २ हजार २१ मतले पराजित हुनु भएको थियो । सुब्बा २०४८  र २०५६ को चुनावमा निर्वाचित हुनु भएको थियो । जिल्लाबाट तेस्राे पटक सांसदकाे उम्मेदवार बन्नु भएका...

तेह्रथुममा पुन: एमालेका विजय सुब्बाको अग्रता

९ मंसिर, तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभाको जारी मतगणनामा फेरि नेकपा एमालेका विजय सुब्बाले अग्रता लिएका छन् । म्याङलुङ नगरपालिकाको मत गणना हुँदा सुब्बाले नेपाली कांग्रेसकी सीता गुरुङलाई ५३९ मतले पछि पारेका हुन् । निर्वाचन कार्यालयको तथ्याङ अनुसार सुब्बाले १० हजार ६६३ मत प्राप्त गर्दा गुरुङले १० हजार १२४ मत पाएकी छन् । ७१ हजार […]

तेह्रथुममा एमालेका विजय सुब्बाले लिए अग्रता

६ मंसिर, काठमाडौं । तेह्रथुममा नेकपा एमालेले अग्रता लिएको छ । मंगलबार साँझ १००३ मत गणना गर्दा नेकपा एमालेका विजय सुब्बाले ५६० मतसहित अग्रता लिएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङले ३९६ मत पाएकी छन् । यो क्षेत्रबाट यसअघि नेकपा एमालेबाट भवानी खापुङ निर्वाचित भएका थिए । यसपटक सत्ता गठबन्धनले कांग्रेस उम्मेदवार गुरुङलाई समर्थन गरेको […]

काठमाडौं - ३२ मा एमालेका पराजुली निर्वाचित

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका नवराज पराजुली ५ हजार २२५ मतसहित निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका सितादेवी पराजुली कँडेलले ३१०८ मत प्राप्त गरेकी छन् । त्यसैगरी ३२ को महिला वडासदस्यमा पनि एमालेकै हिरादेवी पोखरेल निर्वाचित भएकी छन् ।सीता विसुंखे दलित महिला सदस्यतर्फ निर्वाचित भएकी छन् । त्यसैगरी दुई खुला वडा सदस्यमा भगवान बुढाथोकी र हरिबहादुर बस्नेत निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

एमालेको किल्ला मानिएको माछापुच्छ्रेमा काँग्रेस विजयी

नेकपा एमालेको किल्ला मानिएको कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली काँग्रेसले बाजी मारेको छ । अन्तिम मत परिणामअनुसार गाउँपालिका प्रमुखमा नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतले पछि पार्दै नेपाली काँग्रेसका मिन बहादुर गुरुङले जितेका छन् ।उपप्रमुखमा पनि काँग्रेसकी सीता अधिकारीले एमालेकी सीता तिवारीलाई पराजित गरेकी हुन् । सीता अधिकारीले ६ हजार ३७६ मत पाउँदा सीता तिवारीले ५ हजार ९५१ मत ल्याएकी छन् । सोही पदमा नेकपा माओवादी केन्द्रकी प्रविणा अधिकारीले ९ सय ७३ मत ल्याएकी छन् ।गाउँपालिकाको ९ वडामध्य

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कांग्रेस विजयी

काठमाण्डाै - कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारी विजयी हुनुभएको हो । अध्यक्षमा मिनबहादुरले ७ हजार ९९ मत र एमालेका विक्रम गुरुङले ६ हजार ६१७ मत पाउनुभयो । उपाध्यक्षमा कांग्रेसकी सीता अधिकारीले ६ हजार ३७६ मतसहित विजयी हुनुभयो । एमालेकी सीता तिवारीले ५ हजार ९५१ मत पाउनुभएको छ ।

कास्कीको माछापुच्छ्रेमा काँग्रेसले मतान्तर बढाउँदै

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली काँग्रेस उम्मेदवार अगाडी परेका छन् । अध्यक्षमा काँग्रेसका मीनबहादुर गुरुङले ४ हजार ६ सय २३ मत पाएका छन् भने नेकपा एमालेका बिक्रम गुरुङले ४ हजार ४ मत पाए ।मीनबहादुर  ६ सय १९ ले अगाडी छन् । यस्तै उपाध्यक्षमा सीता अधिकारीले ४ हजार १ सय ९८ मत पाउँदा एमालेकी सीता तिवारीले ३ हजार ६ सय ७७ मत पाएकी छन् । नेकपा माओवादीका प्रविणा अधिकारीले ६ सय १५ मत प्राप्त गरेका छन् ।

प्रदेश २ मा एमालेका थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा सामेल

नेकपा एमाले छाडेर प्रदेश २ का थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् । आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको जनकपुरस्थित प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका हुन् ।उनीहरु गत शुक्रबार नेकपा एमालेको वीरगंजमा आयोजित प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए । तर आइतबार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराइसकेपछि प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले भने,