कैलालीमा वडाअध्यक्ष नै हतियारसहित पक्राउ

धनगढी : कैलाली प्रहरीले कैलारी गाउँपालिका-९ का वडाध्यक्ष खेमराज चौधरी र अर्का एक जनालाई हतियारसहित पक्राउ गरेको छ।सोमबार राति कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गबाट धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहित शाहले चलाइरहेको बा१७च १३१२ नम्बरको जिप चेकजाँच गर्ने क्रममा हातहतियार फेला परेको जिल्ला प्रहरीले कैलालीले जनाएको छ।हातहतियार फेला परेपछि प्रहरीले चालक शाहसहित त्यही जिपमा सवार कैलारी गाँउपालिका–९ का वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हो। जि