दुर्गेशको प्रश्न : गीतमा ‘भोगटेले ठाउँमात्र ओगटे’ भन्न मिल्ने, ‘ख्यास्स पुतली’ भन्न नमिल्ने ?

 गायक तथा मोडल दुर्गेश थापा यतिबेला फेरि विवादमा छन् । नयाँ गीत ‘बीच्च बीच्चमा ४ – ख्यास्स पुतली’का कारण उनी विवादमा तानिएका हुन् । तीज पर्वका लागि भनेर उनले सार्वजनिक गरेको उक्त गीतले कला, संस्कृतिमाथि प्रहार गरेको आरोप लगाइएको छ । गीतकै कारण लोक तथा दोहोरी गीत प्रतिष्ठानले उनलाई सार्वजनिक बाहिस्कारको निर्णयसमेत गरेको छ । दुर्गेश भने प्रतिष्ठानले गरेको निर्णय पक्षपाती भएको बताउँछन् । उनले आफूमाथि अन्याय भएको तर्क गर्दै प्रतिष्ठान एउटा संस्थामात्र भएकाले अदालतको जस्तो