केशव स्थापितले दिए प्रदेशसभा सदस्यबाट राजीनामा

बागमती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिएका हुन् ।

सम्बन्धित सामग्री

त्रिचन्द्र कलेज मेरो पहिलो प्राथमिकता : केशव स्थापित

काठमाडौं महानगरमा नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले त्रिचन्द्र कलेजलाई पुनर्उत्थान गर्ने आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । आइतबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै स्थापितले आफूले महानगरको नेतृत्वमा आएको अवस्थामा शिक्षा क्षेत्रलाई सुधार गर्न विशेष योजना ल्याउने बताए । उनले त्रिचन्द्र कलेजलाई अन्तर्राष्ट्रियस्तरको सुविधासहित अत्याधुनिक बनाउने बताए ।उनले त्रिचन्द्रलाई विश्वस्तरीय शिक्षालय बनाउने आफ्नो योजना रहेको सुनाए । मुलुककै जेठो कलेज भएकाले पहिला त्रिचन्द्र कलेजलाई आफूल